ओखलढुङ्गाको रुम्जाटार विमानस्थलमा नियमित उडान हुने

<span class='c1'>ओखलढुङ्गाको रुम्जाटार विमानस्थलमा</span> <span class='c2'>नियमित उडान हुने</span>

ओखलढुङ्गा, रासस । ओखलढुङ्गाको रुम्जाटार विमानस्थलमा मङ्गलबारदेखि नियमित उडान हुने भएको छ । दुई वर्षदेखि अवरुद्ध जिल्लाको एक मात्र उक्त विमानस्थल मङ्गलबारदेखि पुनः सञ्चालन हुने भएको हो ।

नेपाल एयरलाइन्सको विमानले काठमाडौं–रुम्जाटार उडान भर्ने तयारी गरिरहेको प्रदेश सांसद अम्विरबाबु गुरुङले बताए । “रुम्जाटारमा मङ्गलबारदेखि नियमित उडान गराउने सहमतिअनुसार तयारी भइरहेको छ”, उनले भने, “जिल्लाको समृद्धिका लागि महत्वपूर्ण मानिएको यो विमानस्थल अब कुनै पनि बहानामा बन्द हुन दिँदैनौँ ।” उक्त विमानस्थल नियमित सञ्चालनमा आएपछि पर्यटन प्रवद्र्धनसँगै यस क्षेत्रका नागरिकलाई आवतजावतमा निकै सहज हुने उनको भनाइ थियो ।

सांसद गुरुङका अनुसार सातामा एक दिन रुम्जाटार विमानस्थलमा उडान हुनेछ । विभिन्न बहानामा नेपाल वायुसेवा निगम र विभिन्न निजी कम्पनीले भर्दै आएको उडान रोकिएको दुई वर्षपछि नेपाल एयरलाइन्सले सातामा एक दिन रुम्जाटारमा उडान भर्ने तालिका सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्