विराटनगरकाे कोबास कलेज कक्षा–११ को विज्ञान संकायमा प्रदेश प्रथम भएको दावी

विराटनगरकाे कोबास कलेज कक्षा–११ को विज्ञान संकायमा प्रदेश प्रथम भएको दावी

विराटनगर,२१ असाेज ।  विराटनगर– १० मा रहेको कोबास कलेजले कक्षा–११ को विज्ञान संकायमा प्रदेश १ मा प्रथम भएको दावी गरेको छ । शनिवार प्रकाशित नतिजामा विज्ञान संकायमा प्रथम सहितको उत्कृष्ट नतिजा हासिल गरेको कलेजको दावी गरेकोे हो ।
विज्ञान संकायमा निशा राजवंशीले ३ दशमलव ८५ जिपिए ल्याउँदै प्रदेश १ को प्रथम बन्न सफल भएको विद्यालयले दावी गरेको छ । कक्षा ११ विज्ञान संकायमा मा २ सय ५१ जना विद्यार्थीले परिक्षा दिएकोमा ९५ पतिशत विद्यार्थी उत्तिर्ण भएको कलेजका प्रिन्सिपल सुनीलकुमार श्रेष्ठले बताए ।
प्रिन्सिपल श्रेष्ठका अनुसार ए प्लसमा १२ जना, ए मा ८५ जना, वि प्लसमा ९६ जना, वि मा ३० जना, सी प्लसमा १५ र सी ल्याउँने १४ जना रहेका छन् । त्यस्तै व्यवस्थापन संकायमा २ सय ९९ जना विद्यार्थीमध्ये ९६ पतिशत विद्यार्थी उत्तिर्ण भएको कलेजले जनाएको छ । व्यवस्थापन संकायमा ए प्लसमा १० जना, ए मा ८५ जना, वि प्लसमा ९७ जना, वि मा ३१ जना, सी प्लसमा २५ र सी ल्याउने ३९ जना रहेका छन् । कलेजबाट उत्तिर्ण भएको विद्यार्थी अस्मिता भट्टराईले धरानमा रहेको हातीसार इन्जिनियरिङ कलेज वि–टेक फुट टेक्नोलोजीमा तथा जयन्त दासले पूर्वाञ्चल इन्जियरिङ कलेजमा एग्रिकल्चर इन्जिनियरिङ मा छात्रवृती पाएको कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्