विराटनगरमा राष्ट्रबैंकद्वारा नयाँ नोट वितरण शुरु, सर्वसाधारणले २७ हजारसम्म पाउने

विराटनगरमा राष्ट्रबैंकद्वारा नयाँ नोट वितरण शुरु, सर्वसाधारणले २७ हजारसम्म पाउने

विराटनगर, २२ असोज । नेपाल राष्ट्र बैक क्षेत्रीय कार्यालय विराटनगरले नयाँ नोट वितरण सुरु गरेको छ । नेपाल राष्ट्र बैकले दशैमा नयाँ नोट वितरणको लागि कोटा प्रणाली लागु गरेको हो । कोटा अनुसार राष्ट्र वैकले निर्धारण गरेको मापदण्डको आधारमा सर्वसाधारणलाई नयाँ नोट वितरण गरिएको छ । दसैको लागी छुट्टै नयाँ नोट पर्याप्त नछापिँदा कोटा लागू गरिएको वैकको भनाई छ । सर्वसाधारणको लागि २७ हजार , शहरी क्षेत्रका सहकारीलाई २ लाख, वैकलाई १० लाख र ग्रामीण क्षेत्रका सहकारीलाई ४ लाखका दरले नयाँ नोट वितरण गरिने राष्ट्र बैक क्षेत्रीय कार्यालयका प्रमुख विनोद आचार्यले बताए ।सुकिला र सफा नोट भने माग गरे अनुसारनै उपलब्ध हुने प्रमुख आचार्यले बताएका छन् । नयाँ नोटको हकमा कोटा लागू गरिएको हो भने बैकसँग सुकिला र सफा नोट प्रसस्त मौज्दात रहेको छ ।
दशैमा नयाँ नोटको माग अत्याधिक देखिन थालेपछि राष्ट्र बैकले धान्न नसकेरै कोटा लागू गरेको प्रमुख आचार्यको भनाई छ । बंैकले ज्येष्ठ , अपाङ्गता,अशक्त, महिला पुरुषका लागि छुट्टाछुट्टै काउन्टरको व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्