इलामको भारतीय सीमा क्षेत्रमा अब सशस्त्र प्रहरी परिचालन गरिने

<span class='c1'>इलामको भारतीय सीमा क्षेत्रमा अब</span> <span class='c2'>सशस्त्र प्रहरी परिचालन गरिने</span>

इलाम असोज २२ । इलामको भारतीय सीमा क्षेत्रमा अब सशस्त्र प्रहरी परिचालन गरिने भएको छ ।

सीमा क्षेत्रको सुरक्षा, आपराधिक गतिविधि नियन्त्रण र शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले बोर्डर अब्जरवेसन पोष्ट (बिओपी) राख्ने तयारी भएको हो ।

इलामको छब्बिसे, पशुपतिनगर, मानेभञ्ज्याङ र सन्दकपुरमा सशस्त्रको बिओपी क्याम्प बस्ने भएको हो ।

गुल्मबाट गणमा स्तरोन्नति भएपछि सशस्त्र प्रहरी बल, नेपाल १ नं. गण इलामले सीमा सुरक्षाका लागि पोष्ट खडा गर्ने भएको हो । सरकारी नीतिअनुसार जिल्लाका ४ स्थानमा बोर्डर अब्जरवेशन पोष्ट रहने छन् ।

यसैगरी पाँचथरको प्राङ्वुङ, चिवाभञ्ज्याङ र ताप्लेजुङको ओलाङचुङगोलामा पनि पोष्ट स्थापना गरिने बताइएको छ ।

भारततर्फ हरेक ३ किलोमिटरमा एसएसबी रहे पनि नेपालतर्फ सीमा क्षेत्रको सुरक्षामा प्रशासनको उपस्थिति शून्य भएको र सीमा पिल्लर हराउने, दशगजा क्षेत्रको अतिक्रमण हुने तथा सीमा क्षेत्रमा अतिक्रमण हुने गरेको सरोकारवालाले गुनासो गर्दै आएका थिए ।

पोष्ट राखेपछि सीमा सुरक्षालगायत शान्ति सुरक्षामा उल्लेख्य सुधार हुने गणका सशस्त्र प्रहरी उपरीक्षक विदुर खड्काले जानकारी दिए ।

दसैं अघि नै त्यहाँ पोष्ट खडा भइसक्ने सशस्त्र प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्