बिराटनगरका प्याडम्यान : बिद्यार्थीले आफै सेनेटरी प्याड बनाएर गाउमा वितरण गरे

बिराटनगरका प्याडम्यान : बिद्यार्थीले आफै सेनेटरी प्याड बनाएर गाउमा वितरण गरे

बिराटनगर असोज २२ , बिराटनगरको मेरिल्याण्ड कलेजमा बिबिएम दोस्रो बर्षमा अध्ययनरत बिद्यार्थीको समुहले गाउमा रहेका किशोरीहरु जसले आफ्नो रजश्वला भएको बेला अशुरक्षित कपडा तथा सरसफाईको ज्ञान नभएको लागि अभियान संचालनमा ल्याएका छन् । 

अभियान अन्तर्गत उनीहरुले आफ्नै श्रोतसाधन प्रयोग गरी कलेजमा भेला भएर सेनेटरी प्याड बनाएर पहिलो चरणमा सुनसरीको चिमडी स्थित नवदुर्गा स्कुलमा पढिरहेका ३० जना किशोरीहरुलाई उक्त प्याड वितरण गरेका छन् ।

उनीहरुले उक्त स्कुलमा रजश्वला भएको बेला कसरी सुरक्षित हुने तथा बालबालिकामा रहेको रजश्वला समन्धी भ्रममा सचेत गराएको अभियानकि संयोजक कृपा श्रेष्ठले जानकारी दिईन ।

उनीहरुसंगै कलेजमा श्रीलंकाबाट आएकी प्रोफेसर चादनी तिलकरत्नेले पनि बालबालिकालाई रजश्वला समन्धी जानकारी दिएकी थिईन ।

यसरी थालिएको थियो उक्त अभियान : 

केहि महिना अघि मात्रै भारतीय सुपरहिट फिल्म “प्याड म्यान” आएको थियो । फिल्मको उदेश्य जस्तै यी अभियानकर्मीहरुले पनि प्याड बनाएर बालबालिकालाई बाध्ने अभियान थाले । कलेजले पनि बिद्यार्थीहरुको उक्त अभियानमा साथ दियो र सम्भब भयो उक्त अभियान ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्