वन्यजन्तु चोरी शिकार र अवैध व्यापार नियन्त्रण गर्न गेम स्काउटलाई तालिम

वन्यजन्तु चोरी शिकार र अवैध व्यापार नियन्त्रण गर्न गेम स्काउटलाई तालिम

विराटनगर, २२ असोज ।
राष्ट्रिय तथा वन्यजन्तु आरक्षका गेम स्काउटहरुका लागी वन्यजन्तु चोरी शिकार तथा तिनको अंगको अवैध व्यापार नियन्त्रणका लागि इटहरीमा तीन दिने अभिमुखीकरण सुरु भएको छ ।
जैविक विविधतामा संरक्षित क्षेत्रको महत्व , वन्यजन्तु अपराध र तिनको अंगको अवैध व्यापार , वन्यजन्तु अपराध नियन्त्रणमा आधुनिक प्रविधीको महत्व लगायतका विषयमा जानकारी दिइने छ ।
राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागकी अनुसन्धान अधिकुत सुष्मा राणाले नेपालमा अहिले पनि वन्यजन्तु चोरी शिकार तथा अवैध व्यापार हुने गरेको र त्यसको नियन्त्रण गर्न गेमस्काउटको महत्वपूर्ण भूमिका रहने बताईन । फेडेरेसन अफ एनिमल वेलफेयर नेपालको आयोजनामा भएको कार्यक्रममा मकालु बरुण÷सगरमाथा राष्ट्रिय निकुञ्ज÷कोशी टप्पु वन्य जन्तु आरक्षणबाट तीस जनाको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्