बिराटनगर महानगरपालीकामा शिक्षकहरुको धर्ना : चाडपर्वको मुखमा ४ महिनादेखि तलव नदिएकोले आक्रोशित

बिराटनगर महानगरपालीकामा शिक्षकहरुको धर्ना : चाडपर्वको मुखमा ४ महिनादेखि तलव नदिएकोले आक्रोशित

प्रेम देवान
विराटनगर २२ असोज । विराटनगर महानगरपालीका भित्र काजमा खटाईएका शिक्षकशिक्षिकाहरुको तलव नदिएको भन्दै महानगरको परिसरमा शिक्षकहरुले धर्ना दिएका छन् ।
नेपालीहरुको महान पर्व दशैतिहार तथा छड पर्वको मुखमा तलव नपाएको भन्दै सोमबार अस्थाई तथा काजका शिक्षक – शिक्षिकाहरुले धर्ना दिएका हुन् । गत असार महिनादेखिको काजमा खटिएका शिक्षकहरुको लागी महानगरसंग बारम्बार तलवको माग गर्दै ज्ञापन पत्र बुझाउदा पनि कुनै सुनवाई नभएपछि हामीले वाध्य भएर धर्ना दिनुपर्ने अवस्था आएको नेपाल शिक्षक महासघका अध्यक्ष बेदु कुमार खतिवाडाले जानकारी दिनुभयो ।

यो चाडपर्वको मुखमा आएर शिक्षकहरुको तलव दिन आनाकानी गरेपछि महानगरभित्र रहेका दुई दर्जन बढी शिक्षकशिक्षिकाहरु मिलेर महानगरमा धर्ना दिएका छौ। यदि धर्नाबाट पनि कुनै सुनवाई नभए अन्य शसक्त आन्दोलन गर्दै जाने खतिवडाले बताउनुभयो ।

शिक्षक पोशाक भत्ता,तलव नपाएको भन्दै सोमबार दिउसो ११ बजेदेखि धर्नामा बसिरहेका छन् । दशै अगावै तलब भत्ताको व्यवस्था नगरे शसक्त आन्दोलन गर्दै जाने धर्नामा बसेका शिक्षकशिक्षिकाहरुले चेतवानी दिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्