विराटनगर महानगरपालिकाद्धारा स्थायी राजधानीको दावी, मेयर यसरी फँसे

विराटनगर महानगरपालिकाद्धारा स्थायी राजधानीको दावी,  मेयर यसरी फँसे

विराटनगर, २२ असोज ।
एक नम्बर प्रदेशको स्थायी राजधानी विराटनगर बनाउने बारेमा आज बिराटनगर महानगरपालिाले पत्रकार सम्मेलनको आयोजना गरेको थियो । दिउँसो ३ बजे आयोजना गरिएको पत्रकार सम्मेलनमा पत्रकार मात्र थिएनन्, बिराटनगरका ब्यापारी तथा महानगरपालिकाका वडा अध्यक्षसँगै केही सामाजिक, आर्थिक क्षेत्रका ब्यक्तिहरुको पनि उपस्थिती थियो । निर्धारित समय भन्दा आधाघण्टा ढिलो गरी शुरु भएको पत्रकार सम्मेलनमा शुरु मै बिराटनगर महानगरपालिकाका मेयर भिम पराजलीले आफ्ना धारणा सहितको बिज्ञप्ती बाचन गर्न थाले । पछिल्लो समय प्रदेशको स्थायी राजधानीको बिषयमा चर्चा चली रहँदा विराटनगर महानगरपालिकाकाले पनि दाबी गर्न पाउनु उसको अधिकार रहेको भन्दै बिराटनगर नै स्थायी राजधानी हुनु पर्ने दाबी गरे ।
उनले त्यसको लागि बिराटनगर महानगरपालिकाको भवन छाड्ने देखि विराटनगर महानगरपालिका भित्र रहेका जग्गा खोजेर मन्त्रालय र संसद संचालनको लागि वातावरण बनाउने सम्मका बाचाहरु बिज्ञप्तीमा उल्लेख गरिएको थियो । विराटनगरवासीको दवावकै कारण अस्थायी राजधानी बिराटनगर आएको र आगामी दिनमा पनि स्थायी राजधानी विराटनगर नै हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको उनले दावी गरे । उनले भने,‘कुनै स्वार्थी तत्वको ब्यक्तिगत स्वार्थ, ब्यक्तिगत ईच्छा, आकांक्षा, अनी स्वार्थका कारण विराटनगरबाट राजधानी अन्यत्र लैजान खोजे कुनै हालतमा स्वीकार्य हुँदैन ।’ उनले यसको शसक्त बिरोध गरिने चेतावनी दिए ।
उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ, यो सहरमा संसद, मन्त्रालय, अन्य धेरै प्रकारका पुर्बाधार निर्माण गर्नको लागि पर्याप्त जमिन रहेको छ । सहिद रंगशाला र बैजनाथपुर रंगशाला, आधुनिक बसपार्क निर्माण भईरहेको र अन्य धेरै प्रकारका भौतिक पुर्बाधारले यो सहरलाई समुन्नत बनाएछ ।’
यसरी फँसे मेयर
मेयर पराजुलीले विराटनगरलाई स्थायी राजधानी दावी गरी रहँदा कुनै अबरोध गरिए बिराटनगर वासी एक ढिक्का भएर प्रतिकारमा उत्रने चेतावनी दिए । तर यो शब्द भनेको केही बेरमा नै उनले आफैले बोलेको शब्द फिर्ता लिएका छन् । एउटा बिज्ञप्ती जारी गर्ने बेलामा संयमित नदेखिएका मेयरले बिज्ञप्ती वाचन पछि कुनै अप्ठेरो अबस्था आउने संकेत देखिए त्यसलाई सच्याउन आग्रह गरे । विराटनगरलाई स्थायी राजधानी बनाउनको लागि जस्तोसुकै कदम चाल्न तयार रहेको उनले बताएका छन् । तर उनले राजधानी बनाउने बिषय संसदसँग जोडिएकोले त्यसलाई सभामुख तथा सांसदहरुसँग पनि सहकार्य भईरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्