एक नम्वर प्रदेशकाे लाेगाे सार्बजनिक, सभामुखले मुख्यमन्त्रीलाई यसरी लगाए

एक नम्वर प्रदेशकाे लाेगाे सार्बजनिक, सभामुखले मुख्यमन्त्रीलाई यसरी लगाए

विराटनगर, २२ असाेज ।  प्रदेशसभा १ का सांसदहरुलाई सोमबार लोगो वितरण गरिएको छ । प्रदेश सभा सचिवालयले एक कार्यक्रमको आयोजना गरी सदस्यहरुलाई लोगो वितरण गरेको हो । सभामुख प्रदीपकुमार भण्डारीले मुख्यमन्त्री शेरधन राईलाई लोगो लगाइदिएर कार्यक्रमको सुभारम्भ गरेका थिए ।सभामुख भण्डारीलाई मुख्यमन्त्री राईले पनि प्रदेशको लोगो लगाई दिएका थिए । त्यसपछि क्रमश सरकारका सदस्यहरु साथै प्रदेश सदस्यहरुलाई सभामुख भण्डारीले लोगो वितरण गरेका थिए ।

उनले कार्य व्यवस्था परामर्श समितिले पार गरेको लोगो प्रयोगमा ल्याइएको जानकारी दिए । प्रदेश सदस्यहरुका लागि यसअघि नै खैरो रंगको कोट पोशाकको हकमा अनिवार्य गरिएको छ ।यो लोगो सुनसरी इटहरीका कलाकार विक्रम श्रीले कला भरेका हुन् । प्रदेश सभा सचिवालयले सार्वजनिक सूचना प्रकाशित गरी लोगोको नमुना माग गरेको थियो ।प्रदेशसभा सचिवालयमा जम्मा २ वटा लोगो प्रतिस्पर्धामा आएका थिए ।त्यसमध्ये कलाकार श्रीले तयार कला भरेको लोगोलाई मान्यता दिइएको थियो ।

प्रदेश १ का सदस्यहरूलाई लगाउने लोगोमा महिला र पुरुषका हत्केलामाथि भोजपुरे खुकुरी, त्यसमाथि लालीगुराँसका थुङ्गा अनि त्यसभन्दा माथि धानका बालाले घेरिएको छ ।लोगोमा सगरमाथा,कोशी, लालिगुरास, दुई तिरबाट झुलेको धानको बाला, क्रस खुकुरी, महिला र पुरुषको सिम्बोलिक हात राखिएको छ । निर्माण गर्ने शन्दर्भमा केही समस्या भएको सभामुख प्रदिप कुमार भण्डारीले जानकारी दिए । लोगो हस्तान्तरण गर्दा सभमुखले मुख्यमन्त्री र मुख्यमन्त्रीले सभामुखलाई हस्तान्तरण गरेका हुन । प्रदेश सभामा ९३ जना प्रदेश सभा सदस्य छन् । प्रदेश सरकार गएको ३ फागुन गठन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्