शीर्ष चार नेताको नोट अफ डिसेन्ट : कांग्रेस बैठककै दुर्लभ घटना

<span class='c1'>शीर्ष चार नेताको नोट अफ डिसेन्ट</span> <span class='c2'>: कांग्रेस बैठककै दुर्लभ घटना</span>

काठमाडौं, २३ असाेज । नेपाल विद्यार्थी संघमा ३२ वर्षको उमेरहदलगायत विरुद्ध चार शीर्ष नेताले राखेको लिखित असहमति नेपाली कांग्रेसको बैठककै दुर्लभ घटना मानिएको छ । संस्थापनइतरको नेतृत्वले असहमति जनाउनु साधारण मानिए पनि विभिन्न समूहको नेतृत्व गरेका नेताले संयुक्त रूपमा लिखित असहमति राखेका थिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीद्वय कृष्ण सिटौला, प्रकाशमान सिंह र पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले केन्द्रीय समितिको बहुमतको निर्णय अघि लिखित असहमति (नोट अफ डिसेन्ट) राखेका थिए । केन्द्रीय समिति बैठकले बहुमतका आधारमा ३२ वर्षे उमेर हद तोक्दै नेपाल विद्यार्थी संघको विधानलाई पास गरेको थियो ।शीर्ष तहका नेता नै कांग्रेसको इतिहासमा पहिलोपटक लिखित असहमति राख्दै निर्णयका विरुद्ध ‘नोट अफ डिसेन्ट’ लेखेर बाहिरिएका थिए । यही विषयमा विवाद हुँदा मध्यरातसम्म बैठक निर्णयमा पुग्न सकेको थिएन । राजधानी दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्