इनरुवा मोटरसाइकल दुर्घटना : मोटरसाईकल हम्समा आँफै अनियन्त्रित भइ दुर्घटना

इनरुवा मोटरसाइकल दुर्घटना : मोटरसाईकल हम्समा आँफै अनियन्त्रित भइ दुर्घटना

सुनसरी, आश्चिन २३।

सुनसरीको इनरुवा नगरपालिका -२ स्थित जिल्ला शिक्षा कार्यालय अगाडी मोटरसाइकल दुर्घटनामा परि १ महिला घाइते भएकी छन् ।

इनरुवाबाट भुटाहा तर्फ जाँदै गरेको को ३२ प ६५७९ नम्बरको मोटरसाईकल हम्समा आँफै अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाईकलको पछाडी सवार सुनसरी गढी गाउँपालिका-५ बस्ने बर्ष ३५ की सवेदा खातुन घाइते भएकी छन् ।

घाइते खातुनलाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ भने मोटरसाइकल र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्