इटहरीमा फेरी बलात्कारको घटना , १४ बर्षीया बालिकालाई जबरजस्ती गर्ने एक पक्राउ

इटहरीमा फेरी बलात्कारको घटना , १४ बर्षीया बालिकालाई जबरजस्ती गर्ने एक पक्राउ

सुनसरी, आश्विन २३ गते ।

सुनसरी जिल्लाको इटहरी उप-महानगरपालिका-१३ स्थित खनार बस्ने १४ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा सोमबार १ जना पक्राउ परेका छन् ।

करणीको आरोपमा दुहबी नगरपालिका-८ छिटाहा बस्ने बर्ष ३० को प्रमोद चौधरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

चौधरीले बालिकालाई ललाई फकाई गरी इटहरी ९ स्थित गोधुली होलटमा लगेर धाक-धम्की देखाई करणी गरेको भनी पिडितले दिएको उजुरीको आधारमा पक्राउ गरिएको हो ।

पक्राउ परेका चौधरीलाई इप्रका दुहबीमा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्