विराटनगरका सरसफाई कर्मचारी आन्दोलित, तीन दिनदेखि बिराटनगरमा फोहोर उठेन

विराटनगरका सरसफाई कर्मचारी आन्दोलित, तीन दिनदेखि बिराटनगरमा फोहोर उठेन

प्रेम देवान ।
विराटनगर, २३ असोज । पारिश्रमिक नपाएको भन्दै बिराटनगरका सरसफाई मजदुर आन्दोलित भएका छन् । चाडपर्वको मुखमा आएर काम पारिश्रमिक तथा दशै बोनस नदिएको भन्दै विराटनगरका सरसफाई मजदुर आन्दोलनमा उत्रिएका हुन् ।
विराटनगर महानगरपालिकाको सरसफाईको ठेकेदार कम्पनी वेष्ट मेनेजमेन्ट ग्रुप नेपालले महानगरभित्र रहेका सरसफाई कर्मचारी सरसरफाईको काम छाडेर आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले अहिलेसम्मको पारिश्रमिक र दशै बोनस उपलब्ध गराउनुपर्ने माग गर्दै वेष्ट मेनेजमेन्टको कार्यालय घेराउ गरेका हुन ।
आन्दोलनका कारण विराटनगर महानगरपालिका भित्र ३ दिनदेखि फोहोर संकलन रोकिएको छ । फोहोर ब्यवस्थापन नहुँदा बजार क्षेत्र दुर्गन्धित बन्दै गएको छ । हरेक बर्ष दशै अगावै तलव र दशै बोनस दिने गरेको भए पनि यसपटक नदिएपछि आन्दोलित हुनु परेको मजदुरको भनाई छ । सरसफाई कर्मचारी अनितादेवि मरिकले नियमित पाउँदै आएको सेवा सुबिधा नदिएको बताईन ।
विराटनगर महानगरपालिकाले वेस्ट मेनेजमेन्ट कम्पनीसँग ५ बर्षको लागि फोहोर उठाउने जिम्म दिएको थियो । विराटनगर महानगरपालिकामा अहिले दैनिक एकसय १० टन फोहोर संकलन हुने गरेको छ । महानगरपालिका र वेष्टमेनेजमेन्ट प्रालिबाट खटाईएका करिब २ सय सरसफाई कर्मचारीलाई दशैको बोनस र तलव वृद्धीको समेत माग गरिएको सरसफाई कर्मचारी राजु मरिकले बताए । फुल टाईम गर्ने सरसफाई कर्मचारीलाई १५ हजार र हाफ टाईम गर्नेलाई मासिक ८ हजार दिँदै आएकोमा तलवको ५० प्रतिशत माग गरिएको उनको भनाई छ । यता फोहोर मैला उठाउने जिम्मा पाएको वेष्ट मेनेजमेन्ट ग्रुप प्राईभेट कम्पनी भएको कारण दशै बोनस र तलव वृद्धी गर्न नसकिने कम्पनीका परियोजनाका प्रमुख देवीप्रसाद आचार्यले बताए ।
मासिक ज्याला समयमा नै दिने गरेको भए पनि कम्पनीको स्रोत कमजोर भएको कारण पैसा नभएर घाटामा गएकाले बोनस दिन नसकिने आचार्यले तर्क गरे । दशैको मुखमा सरसफाई कर्मचारी आन्दोलित भएपछि विराटनगरको फोहोर मैला ब्यवस्थापनको बारेमा महानगरपालिकासँग छलफल गरिने आचार्यको भनाई छ. ।
कम्पनीले केही कामदारलाई मौखिक आश्वसन दिएका कारण काममा फर्केका छन् भने केही कामदारहरु अझै बिरोधमा छ । यसरी दशैको मुखमा आएर आन्दोलनमा होमिएका कामदारहरुदाई काममा नफर्काउने हो भने समस्या देखिने नगरवासीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्