संखुवासभा, २४ असाेज । संखुवासभाको चैनपुर नगरपालिका-३ मा माटोको ढिस्कोमा पुरिएर सासू-बुहारी घाइते भएका छन् । बिहान करिब पौने ९ बजे घरको लागि रातो माटो लिन गएकोमा माटो खन्ने क्रममा चैनपुर नगरपालिका-४ खोक्सा बस्ने वीरमान तामाङको श्रीमती वर्ष ३४ की चन्दा तामाङ र उनकी सासु माटोको ढिस्कोले पुरिएर घाइते भएका हुन् । घाइते दुवै जनालाई स्थानीयले उद्धार गरी उपचारको लागि स्थानीय मेडिकलमा पठाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।