दसैंको पहिलो दिन आज घरघरमा जमरा राखेर घटस्थापना मनाइँदै

<span class='c1'>दसैंको पहिलो दिन आज घरघरमा</span> <span class='c2'>जमरा राखेर घटस्थापना मनाइँदै</span>

काठमाडौं असोज २४ । दसैंको पहिलो दिन आज घरघरमा जमरा राखेर घटस्थापना मनाइँदैछ । विधिपूर्वक घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भनिएको हो ।
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको चाड दसैं घरघरमा जमरा भित्र्याएसँगै सुरु हुने गर्दछ । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गादेवीको प्रसाद ग्रहण गरिन्छ । घर शुद्ध भएपछि मात्र देवीको आगमन हुने मान्यतासँगै आज बिहानैबाट नुहाएर घर सफा गरेर गाईको गोबरले  लिपपोत गरी शुद्ध बनाएर सजाउने गरिन्छ । यो प्रक्रियापश्चात् नवरात्रि सुरु भएको मानिन्छ ।

घटस्थापनाको दिन जौ, गहुँ र मकैलाई माटोमा छरिन्छ र टिकाको साइतमा फूलको रूपमा प्रयोग गरिन्छ । घटस्थापनाको उपलक्ष्यमा काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रीको पूजा आरम्भ हुन्छ । आज बिहान सवा ७ बजेको उत्तम साइतमा हनुमानढोकाको दसैंघरमा घटस्थापना गरी जमरा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्