कता जादैछ समाज ? रोल्पाकी एक १४ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत

<span class='c1'>कता जादैछ समाज ? रोल्पाकी एक</span> <span class='c2'>१४ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत</span>

रोल्पा, रासस । रोल्पाकी एक १४ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी छिन् । रोल्पा नगरपालिका–६ की ती बालिका आफ्नै बाबुबाट पटक–पटक बलात्कार भएको खुलेको हो । गत भदौ २७ देखि आफू लगातार तीन पटक बलात्कारमा परेको बालिकाले बताएकी छिन् ।

आमाको मृत्युपछि बाबुले पटक–पटक बलात्कार गरेपछि बालिका भागेर दाङमा रहेको आफन्तकोमा पुगेकी थिइन् । आफन्तसँग आफू बाबुबाट पटक–पटक बलात्कृत हुने गरेको जानकारी दिएसँगै घटना सार्वजनिक भएको हो । बलात्कृत बालिकासँगै आफन्तले रोल्पामा रहेका महिला अधिकारकर्मीको सहयोगमा जिल्ला प्रहरी कार्यालय रोल्पामा उजुरी दिएपछि आरोपीलाई प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ४३ वर्षीय आरोपीलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रोल्पाको हिरासतमा राखेका छौँ, प्रहरी प्रवक्ता सुदर्शन पन्थीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्