एक नम्बर प्रदेशका १९ स्थानीय तहमा वितीय संस्थाको पहुँच पुगेन

<span class='c1'>एक नम्बर प्रदेशका १९ स्थानीय</span> <span class='c2'>तहमा वितीय संस्थाको पहुँच पुगेन</span>

विराटनगर, २४ असोज।
प्रदेश १ का १९ वटा स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको पहँुच पुग्न बाँकी रहेको छ ।  सबै स्थानीय तहमा बैंकको शाखा खोल्न राष्ट्र बैंकले निर्देशन दिए पनि प्रदेश १ का १३७ स्थानीय तहमध्ये अझै १९ वटा स्थानीय तहमा बैंकको शाखा विस्तार हुन नसकेको हो । नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कायममुकायम निर्देशक हिमप्रसाद न्यौपानेका अनुसार ११८ वटा स्थानीय तहमा बैंकको शाखा विस्तार भएको छ ।
२०७५ असार मसान्तसम्म १३७ मध्ये ५८ वटा स्थानीय तहमा मात्र बैंकका शाखा विस्तार भएका थिए । तर चालु आर्थिक वर्षको असोजसम्म ६० वटा स्थानीय तहमा नयाँ शाखा स्थापना भएका छन् । नेपाल राष्ट्र बैंकका निर्देशक न्यौपानेले ३ वटाबाहेक अन्य स्थानीय तहमा बैंक स्थापनाका लागि प्रक्रिया सुरु भएको बताए । ३ वटा स्थानीय तहमा भने भौगोलिक समस्याका कारण बैंकको शाखा खोल्ने कार्य सुरु भएको छैन । १ सय १८ स्थानीय तहमा बैंकको शाखा विस्तार भए पनि सबै मानिसको बैंक खाता भने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्