किन खुलेन बिराटनगरको फाउण्टेन पार्क ? समयमै संचालनमा नल्याउँदा झार उम्रियो (भिडियाे रिपाेर्ट)

किन खुलेन बिराटनगरको फाउण्टेन पार्क ? समयमै संचालनमा नल्याउँदा झार उम्रियो (भिडियाे रिपाेर्ट)

प्रेम देवान ।
विराटनगर, २४ असोज ।
बिराटनगर महानगरपालिका र मोरङ व्यापार संघको संयुक्त लगानीमा विरेन्द्रसभागृह छेउमा निर्माण गरिएकोे ‘इको चाईल्ड फ्रेन्ड्ली पार्क’ २ बर्ष अगाडी नै सञ्चालनमा ल्याउने भनेर घोषणा गरिएको भए पनि संचालनमा नल्याउँदा भौतिक पुर्बाधार अलपत्र अबस्थामा छ ।
अहिले महानगर र मोरङ व्यापारसंघको सयुक्त लगानीमा करिब २ करोड रुपैया पार्क निमार्णको लागि खर्च गरिसकेको छ । बिराटनगरमा घुम्नका लागि खासै राम्रो पार्क वा स्थानको अभाव भइरहेको अवस्थामा बिराटनगरमा ‘इको चाईल्ड फ्रेन्ड्ली पार्क’ ले विराटनगरवासीको लागि घुम्न र आनन्द लिनको लागि पार्क निर्माण गरिएको बर्षौ बित्दापनि संचलनमा नल्याउँदा निर्माण भएका भौतिक पुर्बाधारमा झार पलाउन थालेको छ । तर पटक–पटक सञ्चालनमा ल्याउने घोषणा गरेर पनि संचालनमा ल्याउन नसक्दा पार्कको भित्री भाग झारले ढाकेको छ ।
५ बर्ष अगाडी निर्माण कार्य सुरु गरेको पार्क दुईबर्ष अगाडी नै निर्माण सम्पन्न भएको हो। तर महानगर र मोरङ व्यापार संघले सञ्चालन गर्न ढिलाई र वेवास्था गरेका कारण पार्क भित्र अहिले झार पलाएर जंगल जस्तै हुन थालेको छ । पार्क भित्र अहिले महानगरपालिकाले खटका कर्मचारी कालिदास खतिवाडाले बगैचा र पार्कको रेखदेख गर्दै आएका छन् । उनी भन्छन् ‘म एक्लैले यता गर्नु की उता गर्नुु , बरु अरु कर्मचारी राखिदिए राम्रो हुने थियो ।
‘इको चाईल्ड फ्रेन्ड्ली पार्क’लाई चाडो सञ्चालनमा ल्याउन सके विराटनगरलाई चिनाउन सक्ने आधार रहँदा रहँदै महानगरको ढिलासुस्तीका कारण जंगलमा परिणत भएको पब्लिक फोमका अध्यक्ष उत्तम ढुङ्गेलले बताए । ईको पार्कमा बालबालिका मैत्री बिभिन्न खेल, पानीको फोहरा सहितको फाउन्टेन, चमेना गृहको सुबिधा सहित विभिन्न आकार र डिजाईनमा निर्माण गरिएको मुर्तिहरु राखिएको भएपनि त्यसलाई संचालनमा ढिला गरिएको उनको भनाई छ ।
ईको फाउन्टेन पार्कलाई सञ्चालन गर्न निकै ठुलो चुनौती भएका कारण यसलाई उद्घाटनकोलागि मात्र नभएर यसलाई दिगो रुपमा संञ्चालन गर्ने वातावरण नमिलेकोले संचालनमा ढिलाई भएको महानगरपालिकाका इन्जिनियर अनिल सिंहले बताए । उनका अनुसार शुक्रवार अहिलेकै अबस्थामा विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले पार्कको उद्घाटन गर्ने छन्, त्यसको तयारी भईरहेको छ ।
पार्कको निर्माण पुरा भएपनि पार्क संचालन कसले गर्ने भन्ने नै अन्यौलमा महानगर देखिएको छ । बनाएको यतिका बर्ष भईसकेपछि संचालनमा ल्याउन नसक्दा आफैलाई लाज मर्दाे भएको र यसपटकको दशैमा सञ्चालन गर्ने ईन्जिनियर सिहले बताए । करिब १४ कठ्ठा क्षेत्रफलमा रहेको पार्क निर्माणको लागि मोरङ ब्यापार संघले १५ प्रतिशत ब्यहोर्ने बाँकी रकम बिराटनगर महानगरपालिकाले ब्यहोर्ने भनेपछि निर्माणको काम शुरु भएको हो ।
अझै आबस्यक निर्माणमा कमी
२०६९ सालमा निर्माणको काममा शुरु भएको ५ बर्षमा पनि अझै काम पुरा नभएको ईन्जिनियर सिंहले बताए । अझै बालबालिकाको लागि आबस्यक पार्कको लागि सामाग्री खरिद नै बाँकी रहेको छ । त्यो खरिदको लागि करिब १० लाख लाग्ने उनले बताए । उनका अनुसार, बालबालिका खेल्ने सामाग्रीको कमी, सर्बसाधारण आउँदा बस्नको लागि समस्या हुने अबस्था छ । अझै काम सक्नको लागि २५ देखि ३० लाख खर्च हुने अनुमान उनको छ ।
पार्क निर्माण पुरा हुँदा पनि संचालन गर्ने मान्छे नहुँदा के गर्ने भन्ने अन्योल कायम नै छ । मासिक एकलाख १० हजार खर्च हुने अनुमान गरिएको ईन्जिनियर सिंहले बताए । अहिले पार्कमा एक पटकमा करिब ३ सय सर्बसाधारण बस्न सक्नेगरी ब्यवस्था गरिएको छ ।

यस्ताे छ भिडियाे रिपाेर्ट

https://www.youtube.com/watch?v=CnO0NZ5m3lY&feature=youtu.be

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्