जनकपुरमा त रेल अयो, विराटनगरमा कहिले आउँछ ? ८ किलाेमिटर लिक विछ्याउने बाहेककाे काम बाँकी

जनकपुरमा त रेल अयो, विराटनगरमा कहिले आउँछ ? ८ किलाेमिटर लिक विछ्याउने बाहेककाे काम बाँकी

विराटनगर, २५ असोज ।
जनकपुर रेलवे स्टेशनमा पहिलो पटक ५३ बोगीसहितकको रेल आइपुगेको छ । भारतको झारखण्डबाट रेलवे लिकमा प्रयोग गरिने गिट्टी बोकेर ५३ बोगीसहितको रेल आज जनकपुर आइपुगेको हो ।
यसअघि जयनगर रेलवे स्टेशनदेखि दुहबी स्टेशनसम्म यति संख्या भएको बोगीसहितको रेल पुगेको थियो । जयनगर–जनकपुर रेलमार्गको लिकभित्र ब्लास्ट राख्न भारतको झारखण्डबाट हिँडेको मालबाहक रेल जनकपुर आइपुगेको रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख साइट इन्जिनियर विनोद ओझाले जानकारी दिए ।
ओझाका अनुसार प्रतिघण्टा ७ देखि १० किलोमिटरको गतिमा आएको मालबाहक रेलमा सवार मजदुरहरुले लिकमा ब्लास्ट झार्दै जनकपुर पुगेका हुन् । जयनगरदेखि कुर्थासम्म रेल सञ्चालन गर्न ३ हल्ट र ५ स्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । यसैगरी स्टेशन भवन, आवास निर्माण लगायतका निर्माण कार्य लगभग पुरा भइसकेको छ । भारतको रेल निर्माण कम्पनी इरकोनले इन्टरनेसनलले जयनगर–कुर्थासम्म ब्रोडगेज रेलमार्ग निर्माण गरेको हो । भारत सरकारको सहयोगमा निर्माण भइरहेको जयनगर–जनकपुर–कुर्था रेलमार्गमा यसअघि जयनगरदेखि दुहबीसम्म रेलको सफल परीक्षण गरिएको थियो । आगामी मंसिर महिनामा विवाह पञ्चमीको अवसर पारेर रेलमार्ग उद्घाटन गर्ने तयारी भइरहेको छ ।
विराटनगरमा यस्तो
यता बिराटनगरमा पनि रेल मार्ग निर्माणको काम भईरहेको छ । भारतको बथनाहादेखि विराटनगर–१८ स्थित बुधनगरसम्मको ८ किलोमिटर क्षेत्रमा भने रेलको लिक विछ्याउने काम सम्पन्न भइसकेको छ। भारतीय निर्माण कम्पनी इर्कनले बथनाहा कटहरी रेल्वे परियोजना निर्माणको काम अन्तिम चरणमा र्पुयाएको जनाएको छ। बाँकी रहेको ८ किलोमिटर क्षेत्रमा पनि लिक बिछ्याउने काम भइरहेको छ।
भारतीय अर्ब ७३ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको उक्त परियोजनाले हालसम्म २ अर्ब ३५ करोड बजेट खर्च भइसकेको र बथनाहादेखि बुधनगरसम्म ९५ प्रतिशत काम भएको उक्त कम्पनीले जनाएको छ। कम्पनीका जोइन्ट जेनेरल मेनेजर प्रदीप कुमारले दिएको जानकारी अनुसार नेपाल तर्फ बाँकी रहेको अन्य ८ किलोमिटर क्षेत्रमा पनि ८० प्रतिशत काम सम्पन्न भइसकेको छ।
भारतको बथनाहादेखि नेपालको कटहरीसम्म १८.६ किलोमिटर रहेको छ। प्रदीप कुमारले आउँदो अक्टोबर मसान्तसम्ममा बुधनगरसम्म परीक्षणका लागि रेल ल्याउने तयारी भएको बताए । नेपाल तर्फको कटहरीमा जग्गा मुआब्जा विवादका कारण कामले गति लिन भने सकेको छैन। सन् २०११ जनवरी २८ देखि सुरु भएको आयोजना लामो समयसम्म मुआब्जा विवादमा गुज्रिएको थियो। सन् २०१३ डिसेम्बरमा सम्पन्न गर्नेगरी भारतीय निर्माण कम्पनी इर्कनले ठेक्का लिएको सो काम विभिन्न अड्चन र ढिलासुस्तीले सात वर्ष बित्न लाग्दा काम सकिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्