बलात्कारमा मिल्न दबाब, २ बिघा खेत र ५ लाख नगद दिने प्रलोभन

<span class='c1'>बलात्कारमा मिल्न दबाब, २ बिघा खेत</span> <span class='c2'>र ५ लाख नगद दिने प्रलोभन</span>

 कपिलवस्तु, २५ असाेज।  बलात्कारमा संलग्नले पीडितलाई २ बिघा खेत र ५ लाख नगदको प्रलोभन देखाउँदै मिलापत्रका लागि बारम्बार दबाब दिएको खुलासा भएको छ । धम्की र दबाब थेग्न नसकेपछि पीडित युवती गाउँ छाडेर परिवारसहित सदरमुकाम आई पत्रकार सम्मेलन गरेकी छन् । शिवराज नगरपालिकाकी ती युवती साताअघि बलात्कृत भएकी थिइन् । प्रहरी प्रशासनले अझै मुख्य आरोपी पक्राउ गरेको छैन । ‘बरु विभिन्न किसिमका लोभ देखाइएको छ, गाउँघरका धेरै व्यक्ति फकाउन आइरहेका छन्,’ युवतीले भनिन् । उनले दोषीलाई कारबाही गर्नुुपर्ने अडान लिएकी छन् । असोज १७ साँझ घरअगाडि धारामा भाँडा माझिरहेकी युवतीलाई स्थानीय रहेमान र जयफुल्ला गदीले खेतमा पुर्‍याएर करणी गरेको आरोप छ ।  कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्