मोरङमा युवतीलाई जंगल लगेर रक्सी ख्वाएर सामुहिक बलत्कार

मोरङमा युवतीलाई जंगल लगेर रक्सी ख्वाएर सामुहिक बलत्कार

पथरी असोज २५ । मोरङको पथरीशनिश्चरे १० स्थित आफनै घरबाट मंगलबार दिउँसो ३ बजे हराएकी बालिका सामुहिक बलत्कारको शिकार भएकी छन । पुलचौक निवासी साथी बिपना महराले मेरो जन्म दिन छ भन्दै घरमा आई बोलाएर महराले २ जना केटाहरुसंग आएर लगेको छिमेकीहरुले देखेका थिए । महराले जंगलमा लगेर (निगार) स्थानीय भाषामा मदिरा खुवाएर जबरजस्ती बलत्कार गरेको पिडित बालिकाले बताएकी छन ।

बालिकाको रातभर खोजी भएको थियो । बिपना महराको घरमा खोज्न जाँदा दुई केटा संग गएकी भन्ने थाहा पाएपछि राजकुमार माझीको घरमा बुधबार खोज्न जाँदा हप्कीदप्की गरी पठाएको छिमेकी उर्मीला नेपालीले बताईन । बालिका हराएको प्रहरीलाई खवर गर्दा प्रहरीले पनि चासो नदिएको छिमेकीहरुले गुनासो गरेका छन । पिडित बालिका बलत्कृत भएपछि घरमा आई आफु बलत्कृत भएको कुरा बताएपछि बलात्कारमा संलग्नहरुलाई घरमै गएर प्रहरीको सहयोगमा पक्राउ गरिएको छ ।

पक्राउ परेकाहरुलाई ईलाका प्रहरी कार्यलय पथरीमा राखिएको छ । पिडित बालिका बलत्कारमा संलग्न पक्राउ परेपछी बेहोस भएको र उनको पथरी हस्पिटलमा प्राथमिक उपचार पछि स्वास्थय परिक्षणको लागि बिपी कोईराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्