विराटनगरको नमस्कार होटलमा हुने भो ‘गफ डान्स व्याटल’

विराटनगरको नमस्कार होटलमा हुने भो ‘गफ डान्स व्याटल’

विराटनगर, २५ असोज ।
विराटनगरमा नृत्यको माध्यमबाट दोहोरी खेलिने गफ डान्स व्याटल हुने भएको छ। विराटनगर ६ मा रहेको टच डान्स स्टुडियोले आयोजना गर्न लागेको डान्स व्याटलमा नृत्यको माध्यामबाट दोहोरी खेल्न लगाईने भएको हो । यसरी डान्स व्याटलमा जसले राम्रो प्रस्तुति देखाउदै निर्णायकको मन जित्छ उसैलाई व्याटल डान्सको विजेता घोषणा गरिने आयोजकले जनाएको छ ।
आगामी असोज २७ विराटनगरमा रहेको नमस्कार होटलमा आयोजना हुन लागेको डान्स व्याटलमा धरान, ईटहरी, बेलबारी, पथरी, दमक विर्तामोड र विराटनगरका नृत्यकर्मीहरु सहभागी हुँदैछन् । विजेता हुने प्रथमले नगद १० हजार र विभिन्न आकर्षक उपहार सहित उपविजेताले नगद ५ हजार पाउनेछन ।
गफ व्याटलको निर्णयक मण्डलहरुमा हिपअप ईन्टरनेशनल अन्तराष्ट्रिय अवार्ड प्राप्त डान्सका निस्चल मगर, अल नेपाल हिपअप तथा व्याटल डान्स विजेता सिद्धार्थ राई र मुकेश ढकाल रहेको टच डान्स स्टुडियोकी संचालक समिक्षा कार्कीले जानकारी दिईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्