नेपाल प्रहरीकाे ६३ औं दिवस, प्रदेश १ का मुख्यमन्त्रीद्धारा जनताको विस्वास जित्न प्रहरीलाई अाग्रह

नेपाल प्रहरीकाे  ६३ औं दिवस, प्रदेश १ का मुख्यमन्त्रीद्धारा जनताको विस्वास जित्न प्रहरीलाई अाग्रह

विराटनगर, २५ असोज ।
नेपाल प्रहरीले आज ६३ औं दिवस बिबिध कार्यक्रमको आयोजना गरि मनाएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको आयोजनामा १ नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा, प्रदेश प्रहरी तालीम केन्द्रमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा अमर प्रहरी स्मारकमा पुष्पहार तथा शोक सलामी अर्पण गरी सम्पन्न भएको छ ।
मुख्य मन्त्री शेरधन राईले १ नम्बर प्रदेश अन्तरगत रहेका बिभिन्न प्रहरी कार्यालयहरुलाई आफ्नो अमूल्य जग्गा दान गर्नु हुने जग्गा दाताहरु, शान्ति सुरक्षा अमनचयन कायम राख्न, अपराध रोकथाम तथा अनुसन्धान गर्न र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जस्ता विभिन्न प्रहरी कार्यमा सहयोग पुर्याएका प्रहरी सहयोगीलाई प्रशंसा पत्र तथा कदर पत्र प्रदान गरेका थिए ।
२०७४ सालको एसईई परिक्षामा सर्वोत्कृष्ट अंक ल्याउन सफल बहालवाला तथा पूर्व प्रहरी कर्मचारीका सन्ततीहरुलाई छात्रबृति प्रदान गरिएको थियो ।
प्रहरी दिवसकै अवसर पारेर १ नम्बर प्रदेश अन्तर्गतका बिद्यालयहरुमा कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुको सहभागितामा आयोजना गरिएको ’यौनहिंसाका कारण, रोकथाम र नागरिकको भूमिका’ विषयक निबन्ध प्रतियोगितामा जिल्ला स्तरमा प्रथम र द्वितिय हुने निबन्धहरुलाई संग्रहको रुपमा प्रकाशित गरिएको थियो ।
संग्रहको बिमोचन गर्दै मुख्य मन्त्री राईले निबन्ध लेखन प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुने क्रमशः कोशी माध्यामिक बिद्यालय रामपुर उदयपुरमा कक्षा १० मा अध्यनरत छात्रा मोनिका कार्की, श्रीजंगा माध्यामिक बिद्यालय हिलिहाङ पाँचथरमा कक्षा १० मा अध्यनरत छात्रा बिपना बराईली र श्री भाषा माध्यमिक बिद्यालय धनकुटामा कक्षा ९ मा अध्यनरत छात्रा समिक्षा अधिकारीलाई प्रमाण पत्र तथा पुरस्कार वितरण गरेका थिए ।
पुरस्कार बितरण पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले नेपाल प्रहरीका कर्मचारीहरुले उच्च मनोवलकासाथ काम गरी जनताको विश्वास जित्न सफल हुनेमा आफू विश्वस्त रहेको बताए ।
कार्यक्रममा १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले नेपाल प्रहरी स्कुल धरानले प्रहरी दिवसको अवसरमा संचालन गरेको अन्तर बिद्यालय चित्रकला प्रतियोगिताका विजयी बिद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै ६३ औं प्रहरी दिवस सम्म आईपुग्दा नेपाल प्रहरी जनताको विश्वासिलो सहयोगी र साथी बनि सकेको बताए । यसलाई अझ प्रभावकारी रुपमा अगाडी बढाउदै लैजानु पर्नेमा जोड दिए ।
प्रहरी दिवसको अवसरमा सञ्चालन गरिएको विभिन्न खेलकुद प्रतियोगितामा बिजयी खेलाडीहरुलाई १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले पुरस्कार वितरण गरेका थिए ।
उनले कर्तव्य पालन जिम्मेवारी निर्वाहको सिसिलामा घाइते भएका प्रहरी कर्मचारीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै अग्रज तथा अमर प्रहरीको त्याग र बलिदानले दिएको जिम्मेवारीलाई पूरा गर्नु पर्ने दायित्व आजको दिनमा प्रहरीको काँधमा आएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्