रबिन्द्र बराल
रंगेली, २५ असोज ।
मोरङको रंगेली नगरपालिका ७ मा रहेका मिनिल्याण्ड बोडिङ स्कुलले बिजया दशमीको अबसरमा नर्सरीदेखि कक्षा १० सम्मका बालबालिकालाई टिका र जमरा लगाएर बिजया दशमी मनाएको छ । विद्यालयले हरेक चाडपर्वमा बालबालिकालाई चाडपर्वको महत्व र धर्म संस्कृतिको बारेमा जानकारी गराउँदै आएको बिद्यालयले जनाएको छ।बिद्यालयले बालबालिकालाई नवदुर्गाको पुजा आजा गरेर बालबालिकालाई टिका र जमरा सहित लिङ्गे पिङको रमाईलो सहित मनोरञ्जन प्रदान गरेको थियो । सबै जातजातिको पर्वहरुलाई उत्तिकै महत्व दिँदै आएको प्रिन्सिपल विकर्ण कार्कीले बताए ।


प्रतिक्रिया लेख्नुहोस