बजार अनुगमनमा भेटियाे कुहिएको मासु , अधिकांश मासु पसल मापदण्ड बिपरित

<span class='c1'>बजार अनुगमनमा भेटियाे  कुहिएको मासु</span> <span class='c2'>, अधिकांश मासु पसल मापदण्ड बिपरित</span>

ईटहरी,२६ असोज ।
सुनसरीको ईटहरी बजारको अनुगमनका क्रममा कुहिएको मासु समेत बेच्ने गरेको पाईएको छ । ईटहरी उपमहानगरपालिकाले गरेको अनुगमनका क्रममा सहभागी उपभोक्ता मञ्च नेपालका अध्यक्ष ठगिन्द्र आचार्यका अनुसार केही पसलमा खसि र कुखुराको कुहिएको मासु समेत बेच्न राखेको पाईएको छ । अनुगमनका क्रममा पशु सेवा शाखाका डा मनोज कुमार महतोले अनुगमन गरिएको धेरै पसलको मासु स्वास्थ्यका हिसावले खान योग्य नरहेको पाईएको बताए । उनका अनुसार अनुगमनका क्रममा पशु बधशाला तथा मासु जाँच नियमावली २०५७ बमोजिमको मापदण्ड कसैले पनि पालना नगरेको पाईयो । त्यस्तै पसलमा जाली, सिसा लगाउनु पर्ने, टायल्स लगाएर सजिलै सफा गर्न सकिने बनाउनु पर्ने, मुल्यसुची बोर्ड राखिनु पर्ने, औजार र जोख्ने सामान सफा हुनु पर्नेमा त्यसो नभएको पाईएको डा महतोले बताए । मासुका कारण २७५ किसिका रोग सर्ने भएकाले उपभोक्ता सचेत रहनु पर्ने आबस्था देखिएको उनको भनाई छ । कतिपय स्थानमा खुल्ला नालीको छेउमा समेत मासु पसल राखिएको पाईएको छ । अधिकांश मासु पसलले ब्यवसाय दर्ता नै नगरी पसल संचालन गरिरहेको पाईएको अनुगमन समितिका संयोजक बिजयकुमार मगरले जानकारी दिए । उद्घोषमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्