ओबि समाचार प्रभाव : बर्षौदेखि नखुलेको विराटनगरको इको पार्क आजदेखि सञ्चालनमा आँउदै

ओबि समाचार प्रभाव : बर्षौदेखि नखुलेको विराटनगरको इको पार्क आजदेखि सञ्चालनमा आँउदै

प्रेम देवान ।
विराटनगर , २६ असोज । आवर विराटनगर डट नेटले २ दिन अगाडी २ बर्ष अगाडी नै संञ्चालनमा ल्याउने भनिएको 'किन खुलेन बिराटनगरको फाउण्टेन पार्क ? समयमै संचालनमा नल्याउँदा झार उम्रियो'  शिर्षकमा समाचार भिडियाे समाचार प्रकाशन/प्रशारण गरेको थियो ।
महानगर र मोरङ व्यापार संघको १५ प्रतिशत लगानीमा विरेन्द्र सभागृह छेउमा निर्माण गरिएकोे “इको फाउन्टेन पार्क” सञ्चालनमा ल्याउन नसक्दा पार्क अलपत्र अवस्था देखिएपछि समाचार प्रकाशित भएसँगै  पार्कलाई रातारात सरसफाई गरेर संञ्चालनमा ल्याएको हाे ।
महानगर र मोरङ व्यापारसंघको सयुक्त लगानीमा करिब २ करोडको लगानी गरेर निर्माण गरिएको पार्क आज पार्कको उद्घाटनगरी संञ्चालनमा ल्याईने महानगरले जनाएको छ । ओबी टिम शुत्रबार पुन  पार्कमा पुग्दा पार्क भित्र कामदारहरु बगैँचाको सरफाई गर्नेदेखि लिएर रङ-रोगन गर्न व्यास्त देखिन्थे ।
आज शुत्रबार बेलुका ५ बजे विराटनगर महानगरका मेयर भीम पराजुलीलले पार्कको उद्घाटन गर्ने पार्क निर्माणका प्रोजेक्ट इन्जीनियर अनिल सिंहले आवर विराटनगरलाई जानकारी दिए । आज उद्घाटनको पहिलो दिन सर्वसाधारणकोलागि प्रवेश नि:शुल्क गरिने र शनिवारदेखि २० देखि ३० रुपैया टिकट लागु गरिने सिहले बताए ।
बिराटनगरमा घुम्नका लागि खासै राम्रो पार्क वा स्थानको अभाव भइरहेको अवस्थामा बिराटनगरमा “इको फाउन्टेन पार्क” ले विराटनगरवासी तथा विराटनगर बाहिरबाट घुम्न आँउने आगन्तुककोलागि एउटा राहत मिल्नेछ ।
५ बर्ष अगाडी निर्माण कार्य सुरु गरेको पार्कलाई २ बर्ष अगाडी निर्माण कार्य सम्पन्न भएको थियो । तर महानगर र मोरङ व्यापार संघले सञ्चालन गर्न ढिलाई र बेवास्ता गरेका कारण पार्क भित्र झारै झार र फोहोरै–फोहोरका परिदृष्य देखिएको थियो ।

 

[caption id="attachment_67119" align="alignnone" width="1280"] पहिले[/caption]

[caption id="attachment_67120" align="alignnone" width="1280"] अहिले[/caption]

ईको पार्कमा बालबालिका मैत्री बिभिन्न खेल, पानीको फोहरा सहितको फाउन्टेन, चमेना गृहको सुबिधा सहित विभिन्न आकार र डिजाईनमा निर्माण गरिएको मुर्तिहरु पार्क भित्र देख्न सकिन्छ ।

समाचार यस्तो थियो

https://ourbiratnagar.net/2018/10/66945

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्