चाडपर्वको मुखमा विराटनगरकाे बजारमा मनपरी, जुत्ता देखि मिठाई पसलसम्म उपभोक्ता ठगिँदै

<span class='c1'>चाडपर्वको मुखमा विराटनगरकाे बजारमा मनपरी, जुत्ता</span> <span class='c2'>देखि मिठाई पसलसम्म उपभोक्ता ठगिँदै</span>

विराटनगर, २६ असोज । विराटनगर महानगरपालिकाले बजार अनुगमन शुरु गरेको छ । अनुगमनको क्रममा महानगरका कतिपय पसलहरुले न्यूनतम मापदण्ड समेत पुरा नगरेको पाईएको छ । साथै खरिद मुल्यभन्दा अत्याधिक मुल्यबृद्धि गरी सामानको बेचबिखन गर्ने गरेको भेटिएको छ ।
चाडवाडका बेला उपभोक्ता ठगिने गरेको गुनासो आएसंगै दैनिक अनुगमन गर्न थालेको उपमेयर इन्दिरा कार्कीले जानकारी दिईन । विहिवार र शुक्रबार दुइदिन गरिएको अनुगमनका क्रममा उपभोक्ताहरु धेरै ठगिने गरेको पाईएको हो ।
उपमेयर कार्कीले मिठाइ पसदेखि जुत्ता पसलसम्म उपभोक्ता ठगिने गरेको पाईएको बताईन् । यसरी उपभोक्ता ठगिन नपाउन् भन्नका लागि सवै ब्यवसाय, फर्ममा नियमित अनुगमन गरिने जानकारी दिईन् ।
महानगरले विकानेर स्विट होम, पंकज किराना स्टोर, बैद्यनाथ आयुर्वेदिक औषधि, श्याम सुन्दर ट्रेडर्समा म्याद नाघेका र खान अयोग्य सामान भेटिएको थियो । यस्तै जुत्ता पसल भानुदय ट्रेडर्स र दिनेश इम्पोरियममा खरिदमूल्य भन्दा तेब्बर मुल्यभन्दा बढीमा सामान बिक्री गरिएको पाईएको छ ।
महानगरले विभिन्न सूचक तय गरेर बजारको अनुगमन गरिरहेको प्रमुख प्रशासकिय अधिकृत कुमारप्रसाद दाहाल बताए । कतिपय स्थानमा उपभोक्ता ठग्ने मनसाय पाइएकाले नियमत कार्बाही गरिने दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्