आज दशैकाे चौथो दिन, कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

आज दशैकाे चौथो दिन, कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौं, २७ असाेज ।  आज नवरात्रको चौथो दिन । नवदुर्गाको चौथो स्वरूप कुष्माण्डा देवीको पूजा आराधना गरिँदैछ । कुष्माण्डालाई सृष्टिको आदिस्वरुपा र आदि शक्तिकी देवी पनि भन्ने गरिन्छ । नवरात्रमा प्रत्येक दिन एक–एक देवीको आराधना गर्ने परम्परा छ । घटस्थापना गरिएको स्थान वा विभिन्न शक्तिपीठमा पुगेर श्रद्धालुहरू शक्तिस्वरूपा भगवतीको आराधना गर्छन् । सोहीअनुसार आज कुष्माण्डाको पूजा गरिदैछ ।आफ्नो मदमाधुर्यको बलले अण्ड यानी ब्रह्माण्ड उत्पन्न गरेकोले यी देवीलाई कुष्माण्डा भनिएको हो । जतिबेला सृष्टि गरिएको थिएन, चारै तर्फ अन्धकारै अन्धकार थियो, तव यिनै देवीले आफ्नो शक्तिले ब्रह्माण्डको रचना गरेकी थिइन् ।

सिंहमाथि सवार यिनको अष्टभुजामा कमण्डलु, कलश, धनु, वाण कमल चक्र गदा आदि छन् । कुष्माण्डालाई अष्ठभूजा पनि भन्ने गरिएको छ । नवरात्रिको चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरेमा भक्तको रोग र शोक नष्ट हुने तथा आयु, यश, बल तथा आरोग्य बृद्धि हुने विश्वास गरिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्