सुनसरीमा चोरीका घटना बढ्यो , सतर्क रहन आग्रह

सुनसरीमा चोरीका घटना बढ्यो , सतर्क रहन आग्रह

सुनसरी, २७ असोज । भनिन्छ– सित्तैमा पाए जे पनि राम्रो । सित्तैमा हुने र पाउने भएपछि सोचबिचारै नगरी त्यसैको पछाडि कुद्ने प्रवृत्तिले ठगीधन्दाले प्रश्रय पाइरहेको छ । जान्दै नजानी, अर्काको लहलहैमा वास्तविकता बुझ्नेतर्फ नलाग्दा समाजमा धेरै मानिस ठगिने गरेका छन् ।

 

सुनसरीको रामधुनी नगरपालिका–७ बस्ने मन्दिरा गिरी सित्तैको प्रलोभनमा पर्दा बल्ल–बल्ल ठगिनबाट जोगिन् । भाँडाकुँडा सफा गर्ने पाउडरको प्रचार गर्दै आएका २ भारतीय नागरिकले सित्तैमा काम गरिदिने र सामान दिने बताएपछि गिरीले सुनको सिक्री सफा गर्न दिइन् । सफा गर्ने क्रममा झुक्याएर बेसार दलेर सिक्री फिर्ता दिँदा मात्रै गिरी छांगाबाट खसेझै भइन् । सित्तैमा सिक्री सफा गरिदिने भनिएका त गठ पो रहेछन् ।

सफा गर्ने बहानामा केमिकल हालेर गहना गलाएर लैजाने गरेको तथ्य फेला परेपछि स्थानीयले भारतको फारबिसगञ्जका राजु साह र मुकेश साहलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए । प्रहरीले उनीहरु विरुद्ध ठगी मुद्दा चलाउने बताएको छ । सित्तैमा पाइने प्रलोभनमा पर्दा समाजमा ठगीका घटना बढेकाले स्वयं सचेत हुन प्रहरीले सुझाव दिएको छ ।

ठूला चाडपर्व नजिकिएसँगै ठगी, चोरी र लुटपाटका घटना बढ्छन् । सचेत नहुँदा र सुरक्षामा हेलचेक्र्याई गर्दा हुने यस्ता घटना न्यूनीकरणमा सर्वसाधारण नै सचेत हुन आवश्यक छ ।(न्युज २४)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्