सप्तरीमा बढ्यो बलात्कारका घटना , १४ वर्षीया किशोरी बलात्कृत

सप्तरीमा बढ्यो बलात्कारका घटना ,  १४ वर्षीया किशोरी बलात्कृत

राजविराज असोज २७ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–२, पातोमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलार्इृ छिमेकी १७ बर्षिया युवकले बलात्कार गरेको शप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताएका छन् ।

बलात्कृत किशोरीले दिएको वयान अनुसार आफु घरमा एक्लै भएका बेला ‘काम छ’ भन्दै छिमेकी ती युवकले घरमा लगेको र बलात्कार गरेको भनाई छ । प्रहरी नायब उपरीक्षक रिमालले भने ‘सूचना आउनासाथ हामी घट्नास्थलमा पुग्यौं’, उनले भने, ‘पीडितको प्रारम्भिक बयानपछि आरोपीलाई पक्राउ गरेर ल्याएका छौं ।’ घटनाको थप अनुसन्धान पनि भइरहेको छ।

बालिकालाई स्वास्थ्य परीक्षणका लागि राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्