बेसहाराको साहारा बने विराटनगरका फुटवल प्रशिक्षक ‘विक्की ’, दम्पतीले भने ‘भगवान बनेर आयाै’

बेसहाराको साहारा बने विराटनगरका फुटवल प्रशिक्षक ‘विक्की ’, दम्पतीले भने ‘भगवान बनेर आयाै’

प्रेम देवान ।
विराटनगर,२७ असोज ।
बिगत बर्षको बाढीका कारण प्रभावितको लागि घर बनाउने अभियान एक युवा खेलाडी जुटेका छन् । ‘एक प्रयास समाज खुशिका लागी हाम्रो अभियान अग्रजलाई सम्मान’ भन्ने नारा सहित विराटनगरका पूर्व युवा खेलाडीले बाढी पिडितको घर बनाउने अभियानमा जुटेका हुन् ।
गत बर्ष आएको बाढीले विराटनगरमा ठूलै क्षती पुर्याएको थियो । विराटनगर १ पोखरिया परोपकार घाटका लालबहादुर श्रेष्ठ र शुशिला श्रेष्ठ दम्पतीको पनि घर बाढीले क्षती गरेको थियो ।
यो क्षेत्रका आसपासमा बसोवास गर्ने अधिकांशको घरमा क्षती पुर्यायो धेरै घर छाडेर भाग्नुपर्ने अबस्था आयो । त्यही बिचमा रहेका श्रेष्ठ परिवारको पनि भएको लत्ता कपडादेखि हाँडाभाडा सबै बाढीले बगाएर लग्यो । आर्थिक अबस्था कमजोर यो दम्पतीलाई ठुलै बज्रपात पर्यो । पिडाका बिचमा देउता बनेर आए विराटनगरका एक युवा पूर्व खेलाडी विक्रम कार्की (विक्की ) ।

यी दम्पतीका छोरा दिपक श्रेष्ठ पनि कुनै समय फुटवलका गोल किपर थिए । तर छोरा उनका साथमा छैनन् । छोराको २०५६ सालमा नै निधन भईसकेको छ । आफूलाई पाल्ने छोरा नभएपछि दम्पत्ती सानो छाप्रोमा आफ्नो जीवन गुजारा गर्दै आएका थिए । अहिले दम्पत्ती रोगले ग्रस्त छन् । श्रीमान् मुटुको रोगी छन् भने श्रीमती प्यारालाईसिसबाट ग्रस्त छिन् । श्रीमान् मुटु रोगी भएका कारण काम गर्न सक्दैनन् भने श्रीमती प्यारालाइसिस भएका कारण हिडडुल गर्न सक्दिनन् ।
बिक्कीको ध्यान यसरी गयो
एउटा खेलाडीले अर्को खेलाडीको परिवारको दुखदायी अबस्था देखेपछि आफ्नो मनले सहनै नसकेर सहयोगको लागि अघि सरेको बिक्कीले बताए । खोलाल बगाएर लगेको त्यो घर बनाईदिने मनस्थितीमा विक्की पुगे ।
विक्की पेशाले फुटबल खेलका प्रशिक्षक हुन् । अहिले विभिन्न स्कुल तथा कलेजहरुमा फुटबलको प्रशिक्षण दिने तथा रेफ्रीको काम गर्दै आएका छन् । पूर्व युवा खेलाडी विक्कीले ती विरामीले थलिएका दम्पतीको घर बनाउने अठोट सहित लागिपरे । उनले टोल र छिमेकमा भएका समाजसेवी, टोल विकास संस्था, स्कुल, कलेज, नागरिक समाज, राजनिती दलका नेता तथा कार्यकर्ता, वडा कार्यालय र माहानगरपालिकासँग निर्माण कार्यकोलागि आर्थिक सहयोगको हारगुहार मागे । नभन्दै कतिपयले सहजै रुपमा दिए भने कतिपयले हुन्छ भनेर आश्वासन मात्र दिए ।
घर निर्माणको लागि विराटनगर महानगरपालिका, राउत कन्ट्रक्शन, जिवन विकास समाज, सेन्ट म्यारीज स्कुलले निर्माण सामाग्री उपलब्ध गराएका थिए । विक्कीले स्थानिय किशोर– किशोरीहरुलाई पनि अभियानमा सामेल गराएका थिए । कसैले बालुवा, गिटी, माटो ओसार हातमा साथ दिएर अघि सरे । नभन्दै आज अभियान थालेको ४ सय २ दिनमा विक्की र उनको समुहको त्यो सपना पुरा गरेका छन् ।विक्कीले अहिले ती वेसहरा दम्पतीलाई एक कोठे पक्की घर निर्माण गरेर हस्तान्तरण समेत गरेका छन् । शनिबार एक कार्यक्रमका विच नवनिर्मित घरको उद्घाटन् गरी घर हस्तान्तरण गरेका छन् । घर हस्तान्तरण कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, युवा संघ नेपालका केन्द्रिय सचिव पर्शुराम बस्नेत, वडा नम्बर एकका वडा अध्यक्ष उद्धव अर्यालले घरको उद्घाटन गरी बेसाहारा दम्पतीलाई पक्की घर हस्तान्तण गरे ।
करिब २ लाख ५० हजार खर्च भएकोमा अझै ५० हजार ऋण रहेको अभियानका संयोजक विक्कीले जानकारी गराए । घर बनाउने अभियानमा सहयोग गर्ने हातहरुलाई कदरपत्र सहित सम्मान गरिएको छ । कार्यक्तममा उपस्थित भीम पराजुली, पर्शुराम बस्नेतले दम्पत्तीहरु प्रति गरेको सहयोग प्रति कृतज्ञाता प्रकट गर्दै बाँकी रहेको ऋण आफूहरुले तिर्न सहयोग गर्ने बताए । बिक्की सहितको समुहले बनाएको नयाँ घरमा बस्न पाँउदा दम्पत्ती भने खुसी भएका छन् खुसीका आँसु झार्दै भने, ‘विक्की हाम्रो मरेर गएको छोरा फर्केर आएको जस्तै भएको छ । विक्की हाम्रालागि भगवान जस्तै बनेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्