विराटनगरमा सहकारीको नयाँ प्रयास, वातावरण मैत्री हुन सेयर सदस्यलाई फलफुलका बिरुवा उपहार

विराटनगरमा सहकारीको नयाँ प्रयास,  वातावरण मैत्री हुन सेयर सदस्यलाई फलफुलका बिरुवा उपहार

विराटनगर, २७ असोज ।
विराटनगर १ मा पोखरिया रहेको त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सहकारीले प्रत्येक शेयरधनीलाई एक थान फलफूलका विरुवा उपहार दिएको छ । संस्था आर्थिक कारोबारमा मात्र नभई बातावरणप्रति पनि उत्तिकै संवेदनशील रहेको संकेत गरे । कार्यक्रममा त्रिवेणी बचत सहकारीले आफ्ना सेयरधनीलाई आँप, लिची, कागती अनार लगायतका विरुवा प्रदान गरेको थियो ।
समाजसेवी देवकिशन मुन्डदाले संस्थालाई विरुवा निशुल्क उपलब्ध गराएका थिए । कार्यक्रमका प्रमुख अतिथी एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले सहकारी राज्यको समृद्धिको मेरुदण्डको रुपमा रहेको बताए । उनले सहकारीले राज्यको अर्थतन्त्रको दर्विलो खम्बाको रुपमा काम गरिरहेको स्पष्ट पारे । सहकारी निश्चित मुल्य मान्यताबाट सञ्चालन हुने भन्दै सहकारी संस्थाले पैसाजम्मा गर्ने मात्र नभई, ऋण लिएर आय आर्जनको बाटोमा लगाई जीवन सम्मुन्नत बनाउन पनि सिकाउने बताए ।
संस्थाका उपाध्यक्ष शंकर खरेलले ३ सय ४७ शेयरधनी भएको त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले हरेक नियमको पालना गरेर अघि बढेको बताए ।
नया काममा संस्थाका प्रत्येक सदस्यलाई फलफुलका एक एक विरुवा वितरण, ७ वृद्धवृद्धा जेष्ठ नागरिकलाई जनही १२०० वृद्धभत्ताको वितरण र जाडोको आसपास संस्थालाई तिर्थाटनको व्यवस्था रहेको खरेलले जानकारी दिए ।
वि.सं. २०५५ सालमा रू. ५८ हजार शेयर पुँजीबाट थालनी गरिएको संस्थाको स्थापनाको २१ औ वर्षमा आउँदा रू. ७० लाख १८ हजार शेयर पुँजी पुगेको छ । त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको हाल ६ हजार १८ कित्ता शेयर रहेको छ । संस्थाले सामूहिक जमानतमा ५० हजार र धितो जमानीमा ५ लाख सम्मको कर्जा लगानी गरको छ । संस्थाले शेयर पुँजी ७० लाख १८ हजार बाट वृद्धि गरी आर्थिक वर्ष ०७५÷०७६ मा ८० लाख पु¥याउने लक्ष्य राखेको छ भने वचत÷निक्षेप ५२ लाख ९१ हजार ११७ बाट ७५ लाख पु¥याउने लक्ष्य राखेको छ । यस्तै ऋण लगानीलाई १ करोड ८ लाख २९ हजार ८ सयबाट १ करोड २५ लाख पु¥याउने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्