चाडवाडमा बिराटनगरले उपभाेक्ता टिकाउनै सक्दैन, जाेगवनीमा नेपाली उपभाेक्ताकाे भिड

चाडवाडमा बिराटनगरले उपभाेक्ता टिकाउनै सक्दैन, जाेगवनीमा नेपाली उपभाेक्ताकाे भिड

विराटनगर, २७ असाेज । नेपालीहरुको महान चाड दशैं, तिहार र छठपर्वको मुखैमा सीमावर्ती भारतीय जोगबनी बजारमा भने रमझम निक्कै बढेको छ ।  दशैंका लागि आवश्यक उपभोग्य सामान लिन पूर्वी नेपालका उपभोक्ता भारतीय वजारमा आकर्षित भएपछि जोगवेनी बजारमा ठूलो चहल पहल देखिएको हो ।
सस्तो मूल्यमा सामान पाइने लोभले जोगबनी पुग्ने उपभोक्ताको संख्या ठूलो छ । दशैं नजिकिएपछि सर्वसाधारणको थामिनसक्नु भिडका कारण जोगवनीका व्यपारीहरुलाई भ्याइ नभ्याइ भएको छ ।
दसैं मुखमा दाल, चिनी, मरमसला, कपडा सस्तोमा पाइने भन्दै नेपाली उपभोक्ता जोगवानी जाने गरेका छन् । विराटनगरमा ठूला डिपाटमेन्टल स्टोरसहित वजार क्षेत्रमा रोजाइका व्यापारिक महल भएपनि नेपाली उपभोक्ताको रोजाई जोगवेनी बजार भएपछि बिराटनगरका ब्यापारी भने असन्तुष्ट देखिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्