तत्काल कमिसन वृद्धि नगरे आन्दोलन गर्ने ग्यास बिक्रेताको चेतावनी

तत्काल कमिसन वृद्धि नगरे आन्दोलन गर्ने ग्यास बिक्रेताको चेतावनी

विराटनगर, २८ असाेज ।
तत्काल कमिसन वृद्धि नगरे कडा आन्दोलनमा उत्रिने ग्यास विक्रेता व्यवसायीहरुले सरकारलाई चेतावनी दिएका छन् । नेपाल ग्यास विक्रेता संघ मोरङले आज विराटनगरमा आयोजना गरेको बडादशै, शुभदीपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने व्यवसायीहरुले तत्काल कमिसन वृद्धि नगरे ग्यास बिक्री बन्द गर्ने चेतावनीसमेत दिए । कार्यक्रममा महासंघका प्रदेश नम्बर १ का अध्यक्ष सरलराज पोखरेलले अहिले एउटा सिलिन्डर ग्यास बिक्री गर्दा ३२ रुपैयाँ मात्रै कमिसन पाउने गरेको बताए ।
ग्यास बिक्रीबापत पाउने कमिसन कम हुँदा कोठाभाडा, कर्मचारी, बिजुली बत्ती, करलगायत तिर्न पनि नपुग्ने गरेको गुनासो पोखे । अध्यक्ष पोखरेलले कम्तीमा सिलिन्डरको ५ प्रतिशत कमिसन तोक्न माग गरे । मोरङ अध्यक्ष विकास लालवानी लगानीका आधारमा कमिसन तोक्न आग्रह गरे । कार्यक्रममा रिजालको ग्यास उद्योगका सञ्चालक नवीन रिजाल, संयुक्त टोल नगर समन्वय समितिका अध्यक्ष राजेश मास्के, पत्रकार मीनकुमार नवोदित, पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेल, मानवअधिकारकर्मी सञ्जु साह, ग्यास बिक्रेता संघ मोरङका उपाध्यक्ष जीवनप्रसाद ढुंगानालगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्