सुन्दरहरैँचामा बजार अनुगमन सुरु, होटल व्यवसायमा बढी फोहोर

सुन्दरहरैँचामा बजार अनुगमन सुरु, होटल व्यवसायमा बढी फोहोर

मणिराम दाहाल
सुन्दरहरैंचा असोज २८ । सुन्दरहरैंचा नगरपालिकाको अनुगमन समितिद्धारा नगरपालिका क्षेत्र भित्र पर्ने बजार तथा पसल शनिवार अनुगमन गरिएको छ ।
नगरपालिका क्षेत्रभित्र चार्डपर्वका बेला उपभोक्ताको स्वास्थ्य संग प्रतिकुल हुने कुनै पनि किसिमको गुणस्तरहिन खाद्यपदार्थ बिक्री वितरण, कालोबजारी गरेको हुनसक्ने आधारमा अनुगमन गरिएको थियो । अनुगमन सुन्दरहरैंचा नपा उपप्रमुख धनमाया तामाङको संयाजनमा भएको थियो । नगरपालिका विषयगत शाखा प्रमुख कृषी, पशु पंक्षी, जनस्वास्थ्य, भेट्नरी लगायतको सहभागितामा अनुगमन गरिएको थियो । 

नगरको खोर्साने बजारबाट सुरु भएर विराटचोक, सलकपुर, गोठगाउं, गछिया, बलिया हुदै वडा नं. २ को मृगौलिया बजार ,वडा नं १ को हरैचा बजार तथा बेलेपुरमा समेत अनुगमन गरिएको थियो । प्रत्येक वडाका जनप्रतिनिधिले अनुगमन प्रकृयालाई व्यवस्थित पार्न सहजिकरणको भुमिका निर्वाह गरेका थिए ।
अनुगमनका क्रममा विषेश गरेर मासु पसल, होटल व्यवसायमा बढी फोहोर मैला सडेगलेको बासी झिगा भन्किएको भेटिएकाले पहिलो चरणमा व्यापारीलाई सचेत गराइएको थियो ।

यस्तै औषधी पसल, तथा खाद्यान किरान पसलले म्याद नाघेका केही समाग्री स्टोर रुम नराखी पसल संचालन गरेको पाइएकाले उक्त पसललाई पनि सचेत गराईएको थियो । नगरपालिकाको अक्ष्य अनुसार नै पहिलो चरणमा सचेत गराउन पोस्टर पर्चा प्रत्येक व्यापारी सामु पु¥याइएको साथै संगसंगै माइकिङ समेत गरी सचेत गराइएको अनुगमन समति संयोजक उपप्रमुख तामाङले बताइन । सुन्दरहरै्रंचा नगरपालिका भित्र पर्ने कोसीहरैंचा उद्योग वाणिज्य संघ, लायन्स क्लव अफ इन्द्रपुर, इन्द्रपुर जेसीज, संचारकर्मी लगायतको सहभागितमा अनुगमन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्