विराटनगरमा यसरी खेलियो डाण्डिया, नेपाल मै पहिलोपटक यति भब्य डाण्डिया कार्यक्रम

विराटनगरमा यसरी खेलियो डाण्डिया, नेपाल मै पहिलोपटक यति भब्य डाण्डिया कार्यक्रम

२८ असोज, विराटनगर
विराटनगर राउण्ड टेबल नं. ५ ले विराटनगरमा ‘डाण्डिया नाइट’ सांस्कृतिक कार्यक्रम गरेको छ । यसप्रकारको ठूलो र बृहत डाण्डिया नाचको कार्यक्रम सम्भवत नेपालमै पहिलो पटक भएको आयोजक राउण्ड टेबल ५ का अध्यक्ष स्वतन्त्र नेवटियाले बताए । डाण्डिया भनेको मारवाडी समुदायका महिलाहरुले लाठी ठोक्काउदै नाच्ने नाच हो । भारतको राजस्थान र गुजरातको संस्कृति अनुसार मनाइने डाण्डिया नाच नेपालमा पनि खासगरी मारवाडी वाहुल्यता क्षेत्रमा मनाउने गरिन्छ । कार्यक्रममा भारतका प्रसिद्ध कलाकारहरुले प्रस्तुती दिएका थिए ।

विभिन्न सामूदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको राउण्ड टेबल नं. ५ का पब्लिसिटी कन्भेनर सञ्जीव सिग्देलले जानकारी दिए । उनका अनुसार कार्यक्रमबाट संकलित रकम सामूदायिक विद्यालयका विपन्न परिवारका विद्यार्थीहरुको पठन पाठनमा खर्च गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्