विराटनगरबाट शुरु भएको मापेस चेकिङ प्रभावकारी बन्दै, एकहप्तामा चार सयले परिक्षा दिए

विराटनगरबाट शुरु भएको मापेस चेकिङ  प्रभावकारी बन्दै, एकहप्तामा चार सयले परिक्षा दिए

प्रेम देवान ।

विराटनगर, २८ असोज । के तपाईं मादक पद्धार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउदै हुनुहुन्छ ? सावधान अब तपाईले हिजोसम्म जे गर्नु भयो अब त्यसो गर्दा जाहाँ त्यहीबाट पक्राउ पर्न सक्नुहुनेछ ।  दुर्घटना न्यूनिकरण गर्नकोलागि अहिले मोरङ प्रहरीले  नयाँ अभियान सञ्चालन गरेको छ । मादक पद्धार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटनामा परी मृत्यु हुनेको संख्या बढ्दै जान थालेपछि मोरङ प्रहरीले बिशेष अभियान संचालन गरेको हो ।

अब सिधै जिल्ला प्रहरी कार्यलयमा पुगेर ट्राफिक नियम पालना सम्बन्धी परीक्षा दिनुपर्ने हुन्छ । मोरङ प्रहरीले ८० वटा सचेतना सम्बन्धी प्रश्न सोध्ने गरेको छ । एक पटक दिईएको परिक्षामा पास नभएका चालकलाई पुनः परीक्षा दिईनु पर्ने बाध्यकारी नियम ल्याईएको हो ।  परीक्षाबाट उत्तीर्ण भएमा मात्र सम्बन्धित ट्राफिक प्रहरी कार्यालयमा पठाउने व्यावस्था गरेको छ । मोरङ प्रहरीले हालै प्रयोगमा ल्याएको एप्स घर मै बसेर परीक्षा दिन वा जिल्ला प्रहरी कार्यालयमा गई चिटमा लेखिएको नम्बर एप्समा राखी परीक्षा दिन सक्ने व्यवस्था गरिएको जिल्ला प्रहरी मोरङका प्रहरी प्रमुख एसपी मनोज  केसीले जानकारी दिए ।मोरङ प्रहरीले अहिले विराटनगरका विभिन्न मुख्य र भित्री सडकमा  आकस्मिक चेकजाँच गर्ने गरेको छ । ओबी टिमले मापसे चेक गरिरहेको स्थानमा पुगेर के कसरी  मापसे चेकिङ्ग भईरहेको छ भनी स्थलगत  अनुगमन समेत हुने गरेको छ । ईलाका प्रहरी कार्यलय रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाले मोरङको सबैभन्दा बढी दक्षिणी क्षेत्रमा कारबाहीमा पर्ने गरेको जानकारी दिए ।यदी सवारी चेकजाँचको क्रममा  मापसे सेवान गरेको भेटिए प्रहरीले सवारी चालक अनुमतिपत्र लिन्छ र चिट (पूर्जी) दिन्छ । त्यही चिटकोे नम्बरको आधार मा भोली पल्ट ट्राफिक सम्बन्धी परीक्षा दिनुपर्ने अनिवार्य ब्यवस्था गरिएको छ । अभियान थालेको एक हप्ताको अवधीमा करिब ४ सय जना मापसे सेवन गरेकाहरुले प्रहरीमा गएर परीक्षा दिएका छन्  ।  मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक केसीले  यो अभियानलाई सबैले साथ दिएका बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्