त्रिशुली नदीमा बस खस्दा चारजना घाइते

त्रिशुली नदीमा बस खस्दा चारजना घाइते

चितवन, असोज २९ । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङस्थित त्रिशुली नदीमा बस खस्दा चारजना घाइते भएका छन् ।

गएराति १२ः४५ बजे लमजुङबाट काठमाडौ जाँदै गरेको ना५ख ३७०५ नम्बरको बस त्रिशुली नदीमा खसेको हो । बसका चालक तनहुँको भानु नगरपालिका–१ बस्ने वर्ष ४५/५० का शम्भुबहादुर गुरुङ गम्भीर घाइते भएको चितवन प्रहरीले जनाएको छ ।

उनको अहिले भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य तीनजना सामान्य उपचारपछि घर फर्किएको प्रहरीले बताएको छ ।

बसमा चारजना मात्रै सवार थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्