बडा दसैंअन्तर्गत नवरात्रको छैठौं दिन आज, घर–घरमा कात्यायनी माताको पूजा गरिँदै

बडा दसैंअन्तर्गत नवरात्रको छैठौं दिन आज,  घर–घरमा कात्यायनी माताको पूजा गरिँदै

काठमाडौं । बडा दसैंअन्तर्गत नवरात्रको छैठौं दिन आज घर–घरमा कात्यायनी माताको पूजा गरिँदैछ ।यस दिन कात्यायनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ ।

आज पनि बिहानैदेखि देशका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लागेको छ ।

काठमाडौं उपत्यकाको गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकालीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना गरिँदै छ ।

दसैंमा ९ दिनसम्म शक्तिपीठ तथा दसैंघरमा पूजा अर्चनासहित दुर्गा भगवतीको स्तोत्र पाठ गरिन्छ ।

पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुस्माण्डा, पाँचौ दिन स्कन्द माता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्री देवीको पूजा गरी दसैंमा शक्ति पूजा गर्ने प्रचलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्