विराटनगरमा बडीबिल्डिरले यसरी दिए प्रस्तुति , प्रवितले उपाधि हात परे

विराटनगरमा बडीबिल्डिरले यसरी दिए प्रस्तुति , प्रवितले उपाधि हात परे

विराटनगर असोज २९ – विराटनगरमा  मिस्टर मोरङ बडीबिल्डिङ प्रतियोगिता सम्पन्न भएको छ।

आइतबार विराटनगरको वीरेन्द्रसभा गृहमा आयोजित प्रतियोगिताको फाइनलमा प्रवित राजवंशीले ६० किलो तौल समूहबाट उपाधि हात पारेका हुन्। २५ वर्षीय प्रवितले उपाधि हात पर्ने क्रममा प्री–जजिङ चरणमा ४५ जना र अन्तिम चरणमा अन्य चार जनालाई पछि पार्न सफल भएका थिए। प्रवितले यसअघि ६० किलो तौल समूहमा समेत अन्य पाँच जनालाई हराएका थिए।

मोरङ जिल्ला बडीबिल्डिङ एण्ड फिटनेस एशोसिएसनद्वारा आयोजित प्रतियोगिताको दोस्रो स्थानमा विराटनगरकै रविन तामांङ रहन सफल भए। रविनले ५५ किलोतौल समूहबाट प्रतिस्पर्धा गरेका थिए। ६ वर्षको अन्तरालपछि आयोजित प्रतियोगितामा पथरीशनिश्चरेका संजिव मगर तेस्रो स्थानमा रहे। सञ्जीवले ७० किलोतौल समूहबाट प्रतिस्पर्धा गरेका थिए। समग्रमा उपाधि हात पार्ने प्रवितले ५१ हजार नगद र ट्रफी हात पारेका छन्।

 

त्यसैगरी, दोस्रो र तेस्रो स्थानमा रहेका रविन र सञ्जीवले क्रमशः ३१ हजार र २१ हजार नगद प्राप्त गरे।आयोजक फिटनेस एशोसिएशनका अध्यक्ष अमलेश कर्णले विगत ६ वर्षदेखि हुन नसकेको प्रतियोगितालाई सुचारु गरेको जानकारी दिए।

उनले यस प्रतियोगिताले निरन्तरता पाउने बताए। कर्णले भने, ‘यसपटकपनि प्रत्येक पाँच इभेन्टबाट विजयी पाँच खेलाडी मध्येबाट प्रवितले उपाधि हात पारेका हुन्, यसलाई हामी आगामी दिनमा समेत निरन्तरता प्रदान गर्नेछौं।’प्रतियोगितामा अन्तिम फाइनल चरणमा ५५ केजी तौल समूहमाथि ६ जना, ६० केजी माथि ६ जना, ६५ केजी माथि ५ जना, ७० केजी माथि ६ र ७५ केजी उमेर समूहमाथि ४ जनाले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्