रात्रिकालीन टी-२० क्रिकेट प्रतियोगिता: बिराटनगर नेपाल पुलिससँग फाइनलमा पराजित

रात्रिकालीन टी-२० क्रिकेट प्रतियोगिता: बिराटनगर नेपाल पुलिससँग फाइनलमा पराजित

अमर काफ्ले

इनरुवा । सुनसरीको इनरुवामा गत राति सम्पन्न प्रथम मेयर कप रात्रिकालीन टी-२० क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लब काठमाडाैँले जितेको छ ।

राति अबेर सम्पन्न भएकाे फाइनल खेलमा पुलिस क्लब काठमाण्डौले विराटनगरलाई ६ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो ।

 

टस जितेर पहिलो ब्याटिङ गरेको विराटनगरले निराशाजनक प्रदर्शन गरेको थियो । पुलिसको उत्कृष्ट बलिङका सामु निरीह देखिएका विराटनगरका ब्याट्सम्यानहरुले सम्हालिएको प्रर्दशन गर्न सकेनन् र नियमित विकेट गुमाउँदा निर्धारित ओभरपूर्व नै अलआउट हुन पुग्यो ।

 

१७ दशमलव ६ ओभरमा अलआउट भएको विराटनगरले जितका लागि नेपाल पुलिससामु ८५ रनको झिनो लक्ष पेश गरेको थियो । सो लक्ष नेपाल पुलिस क्लब महाराजगञ्ज काठमाडौंले १६ दशमलव १ ओभर खेल्दै ४ विकेटको क्षतिमा भेटायो ।

पुलिसलाई जित हात पार्न भने १६ दशमलव १ ओभर कुर्नुपर्यो । कसिलो बलिङ गरेको विराटनगरले पुलिसका खेलाडीलाई खुलेर खेल्न दिएन । यद्यपि झिनो रनको पिछा गरेको पुलिसले अमित श्रेष्ठको नटआउट ४८ रनको महत्वपूर्ण पारीमा जित निकाल्दै प्रथम मेयर कप रात्रिकालीन टी-२० क्रिकेटको उपाधि चुम्यो ।

जितसँगै पुलिसले १ लाख ५१ हजार नगद र ट्रफी हात पारेको छ । उपविजेतामा चित्त बुझाएको विराटनगरले नगद ७५ हजार प्राप्त गरेको छ ।

 

खेलको विजेतासहित उपविजेता टिम र खेलाडीलाई प्रतियोगिताको मुख्य प्रायोजक इनरुवा नगरपालिकाका मेयर राजन मेहतासँगै कोशी गाउँपालिका अध्यक्ष अयुब अन्सारी र सुनसरीका प्रहरी प्रमुख राजन अधिकारीले सहित आयोजक फुलबारी क्रिकेट क्लब इनरुवाका अध्यक्ष शिब यादवले शिल्ड तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

फाइनल खेल हेर्न इनरुवा खेल मैदानमा राति उपस्थित दर्शक संख्या इनरुवासहित आसपास आयोजित कुनै पनि प्रतियोगितामा देखिनेभन्दा सबैभन्दा बाक्लो थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्