अधिकांश शीर्ष नेता दशैँ कहाँ कहाँ मनाउदै छन् त ?

अधिकांश शीर्ष नेता दशैँ कहाँ कहाँ मनाउदै छन् त ?

काठमाडौं असोज २९। हिन्दुहरुको महान चाड दसैंको रमझममा अधिकांश नेपाली रमाइरहेका छन् ।

राजनीतिक दलका अधिकांश शीर्ष नेता पनि काठमाडौंमै आफन्त, शुभेच्छुक तथा कार्यकर्ताका साथ दसैं मनाउने तयारीमा छन् ।

अघिल्लो दसैंको फुर्सदमा बाम गठबन्धन बनाएर निर्वाचनको तयारीमा जुटेका नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुले यस वर्षको दसैंलाई पनि पार्टी एकीकरणको बाँकी प्रक्रिया टुंग्याउन प्रयोग गर्ने तयारीमा लागेका छन् ।

पार्टी सत्तामा पुगेपछि कार्यव्यस्तताका कारण एकीकरणसम्बन्धी काममा समय दिन नभ्याएको बताउँदै आएका प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल तल्ला कमिटी एकीकरणको मोडालिटी तय गर्न दसैंको फुर्सदिलो समयलाई उपयोग गर्ने तयारीमा छन् ।दुवै अध्यक्षको काठमाडौंमा नै दसैं बनाउने कार्यक्रम छ । प्रधानमन्त्री ओली यसअघि दसैंमा केही दिन गृह जिल्ला झापा जाने गर्थे । यस पटक उनी एक दिन मात्र झापा पुग्ने र बाँकी समय काठमाडौंमै बस्ने तय भएको छ ।

टीकाको दिन पनि प्रधानमन्त्री ओलीले बालुवाटारमै टीका लगाउने भएका छन् । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले भने यसपटक पुत्र शोक परेकाले दसैंमा टीका नलगाउने भएका हुन् ।

टीका नलगाए पनि आफन्त, शुभेच्छुक र कार्यकर्तासँग भेटघाट गरेर खुमलटारस्थित निवासमा नै उनले दसैं मनाउने तयारी गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दसैं पनि काठमाडौंमै हुने भएको छ ।

सभापति देउवाको बुढानिलकण्ठस्थित निवासमै दसैं मनाउने तय भएको उनको निजी सचिवालयले जनाएको छ । एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालको दसैं पनि काठमाडौंमै बित्ने भएको छ । नेता नेपालको गृह जिल्ला रौतहट र खनालको गृह जिल्ला इलाम हो ।

कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल भने दसैंमा धार्मिक भ्रमणका जान भएका छन् । पौडेल भारतका केही प्रसिद्ध धार्मिक स्थलको भ्रमणमा जान लागेका हुन् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राजपा अध्यक्ष महन्थ ठाकुर र नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिको दसैं पनि काठमाडौंमै बित्ने भएको छ ।

अधिकांश मन्त्रीहरु पनि सरकारी क्वाटरमै दसैं मनाउने तयारीमा रहेको बताइएको छ । अधिकांश नेताहरुको गृह जिल्ला र निर्वाचन क्षेत्र काठमाडौं बाहिर भए पनि दसैं भने काठमाडौंमै मनाउन लागेका हुन् ।

सर्वसाधारण भने आफ्नो गृहजिल्ला पुगेर घरमै दसैं बनाउने गर्दछन् । दसैं बनाउन काठमाडौंबाट मात्रै करिब २५ लाख मानिस पुख्र्यौली थलो जाने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्