गोरेका सहयोगी वेनु श्रेष्ठ दुबईबाट पक्राउ परे, बिराटनगर ल्याइने

गोरेका सहयोगी वेनु श्रेष्ठ दुबईबाट पक्राउ परे, बिराटनगर ल्याइने

काठमाडौं असोज २९ । साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती (गोरे) का सहयोगी वेनु श्रेष्ठ पक्राउ परेका छन् । उनलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा पक्राउ गरिएको हो ।

प्रहरी स्रोतले दुबईबाट पक्राउ परेका श्रेष्ठलाई आइतबार दिउँसो नेपाल ल्याइएको जानकारी दिएको छ । उनलाई अहिले महानगरीय प्रहरी वृत्त, गौशालाको हिरासतमा राखिएको छ ।

तत्कालीन उच्चस्तरीय अनुसन्धान समितिका एक अधिकारीका अनुसार श्रेष्ठसँग सामान्य सोधपुछ गरेर आजै मोरङ जिल्ला अदालतमा हाजिर गराउने तयारी छ ।

श्रेष्ठमाथि गोरे समूहले ३ वर्षमा गरेको करिब ३८ क्विन्टल सुन तस्करीमा दुबई बसेर सेटिङ मिलाउने गरेको आरोप छ ।(अनलाइन खबर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्