झापाका चिया मजदुरलाई दशैँ मान्नै समस्या , पाएनन् पारिश्रमिक

झापाका चिया मजदुरलाई दशैँ मान्नै समस्या , पाएनन् पारिश्रमिक

झापा, असोज २९ । झापाको गिरी बन्धु टी–स्टेट प्रालिमा कार्यरत् चिया मजदुरले दसैंको समयमासमेत कम्पनीले आफूहरुलाई पारिश्रमिक नदिएको गुनासो गरेका छन् ।

झापाको बिर्तामोड नगरपालिका–५ र शनीअर्जुन नगरपालिका–९ मा रहेको चिया बगानका मजदुरले सोमबार (आज)सम्म आफूहरुलाई एक रुपैयाँ पनि पारिश्रमिक नदिँदा दसैं मान्न समस्या भएको बताएका हुन् ।

उनीहरुले काम गरेबापत कम्पनीले दिनुपर्ने मासिक पारिश्रमिक र दसैं खर्च केही पनि नदिएको गुनासो गरे ।

सरकारले गत साउन १ गतेदेखि लागू हुनेगरी चिया बगानमा काम गर्ने श्रमिकका लागि न्यूनतम् पारिश्रमिक तोकेपनि उनीहरुले पुरानै ज्यालासमेत पाएका छैनन् ।

गिरी बन्धु टी स्टेट प्रालिमामात्र चिया टिप्ने करिब २०० मजदुर कार्यरत् छन् ।

चिया मजदुरको आधारभूत पारिश्रमिक ६ हजार ४६९ र महँगी भत्ता ४ हजार ३१२ गरी मासिक १० हजार ७८१ रुपैयाँ पारिश्रमिक तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्