विराटनगर ल्याइयो सुन प्रकरणका आरोपी बेनु श्रेष्ठलाई

विराटनगर ल्याइयो सुन प्रकरणका आरोपी बेनु श्रेष्ठलाई

विराटनगर । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका आरोपी बेनु श्रेष्ठलाई प्रहरीले विराटनगर ल्याइएको छ । अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल)को सहयोगमा दुबईमा पक्राउ परेका श्रेष्ठलाई काठमाडौँ हुँदै सोमबार बेलुका विराटनगर ल्याइएको हो ।

सुनसरी इटहरी उपमहानगरपालिका–६ का ३२ वर्षीय श्रेष्ठ दुबईमा बसेर चुडामणि उप्रेती (गोरे) सहितको समूहलाई सुन तस्करीमा सहयोग गर्दै आएका थिए ।

गत माघ पहिलो साता तस्करी गरी ल्याएको सुन बाटोबाटै हराएपछि खोज्ने क्रममा चुडामणि उप्रेती (गोरे) सहितको समूहले यातना दिँदा गत फागुन १८ गते भरिया सनम शाक्यको मृत्यु भएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्