मोरङको पथरी शनिश्चरेमा पाँच प्रकारका जटिल रोगका ४२ बिरामीलाई १५ हजार राहत

<span class='c1'>मोरङको पथरी शनिश्चरेमा पाँच प्रकारका जटिल</span> <span class='c2'>रोगका ४२ बिरामीलाई १५ हजार राहत</span>

उर्लाबारी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगरभित्र रहेका पाँच प्रकारका जटिल रोगका ४२ बिरामीलाई एक पटकका लागि जनही रु १५ हजार राहत प्रदान गरेको छ ।

दशैँतिहार, छठसहितका पर्वको शुभकामना आदानप्रदानसमेत गरिएको कार्यक्रममा आज नगर उपप्रमुख यमुना विष्टको अगुवाइमा वडाध्यक्ष, कार्यपालिका सदस्यसहितले उक्त सहयोग रकम हस्तान्तरण गरिन् ।

रकम हस्तान्तरणका क्रममा विष्टले आफू पनि एउटा मात्र मिर्गौला भएको व्यक्ति भएकाले दीर्घ रोगसँग लड्नका लागि मनोबल बलियो बनाउनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा अर्बुदरोग पीडित शिक्षक खेमराज घिमिरेले उक्त सहयोगले ठूलो ऊर्जा मिलेको बताए । मुटु, मिर्गौला, स्पाइनल कर्ड इञ्जुरी, अर्बुदरोग र बोनम्यारोको जटिल समस्या भएका नगरका बिरामीलाई उक्त सहयोग गर्ने निर्णय गरिएको थियो । सो निर्णयअनुसार १९ मुटुरोगी, १६ अर्बुदरोगी र सात मिर्गौला रोगीलाई सहयोग रकम हस्तान्तरण गरिएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्