बडादशैंको सातौं दिन आज फूलपाती , घरघरमा फूलपाती भित्र्याइँदै

<span class='c1'>बडादशैंको सातौं दिन आज फूलपाती</span> <span class='c2'>, घरघरमा फूलपाती भित्र्याइँदै</span>

बडादशैंको सातौं दिन आज फूलपाती । देशभरका विभिन्न शक्तिपीठ र दशैं घरमा शास्त्रीय विधि अनुसार फूलपाती भित्र्याइँदैछ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवासमेत फूलपातीका रुपमा भित्राउने गरिन्छ ।

गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म गोरखा दरबारको दशैँघरका पुजारीसहित मगर जातिका ६ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरदेखि जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा थियो ।

फूलपाती नौ देवीको प्रतीकका रूपमा भित्राई शास्त्रीय विधिअनुसार शक्तिको आरधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ । घटस्थापनाका दिनदेखि नै दशैँ सुरु हुने भए पनि दशैँको विशेष चहलपहल भने आजदेखि घरघरमा सुरु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्