विराटनगरमा पनि बाजागाजा सहित फूलपाती भित्र्याइयो

विराटनगरमा पनि बाजागाजा सहित फूलपाती भित्र्याइयो

विराटनगर असोज ३० । हिन्दू धर्मालम्बीहरुको महान चाड बडा दशैंको सातौँ दिन मंगलबार मोरङका विभिन्न ठाँउमा परम्परागत रुपमा फुलपाती भित्र्याइएको छ ।

विराटनगरको जिल्ला अदालतबाट बाजागाजासहित निस्किएको धार्मिक र्‍यालीले फूलपाती बढाइ गर्दै नगरका विभिन्न मन्दिरहरुको परिक्रमा गरेको थियो ।

यसैगरी मोरङको पुरानो सदरमुकाम रंगेलीमा पनि परम्परागत रुपमा फूलपाती भित्र्याइएको छ । फूलपाती भित्रयाउनु अघि र पछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले दशैघर स्थित दुर्गा भवानीको मूर्तिमा सम्मान अर्पण गरेको थियो ।

दुर्गा भवानीको प्रतिमा राखिएको दशैघरमा उखु , अदुवा, बेलपत्र , दारिम ,अशोकको फूल लगायतका नवपत्रिका (फुलपाती) भित्रयाइने परम्परा रहेको छ ।

(न्युज २४)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्