झापामा मासु पसल फोहोर र झिंगा भन्किएको भेटियो , नगरपालिकाले कारवाही गर्ने

<span class='c1'>झापामा मासु पसल फोहोर र झिंगा</span> <span class='c2'>भन्किएको भेटियो , नगरपालिकाले कारवाही गर्ने</span>

झापा असोज ३०  । झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा खुलेका अधिकांस मासु पसल लथालिङ्ग अवस्थामा चलेको भेटिएको छ ।जिल्ला प्रशासन कार्यालय झापाको नेतृत्वमा बिर्तामोड नगरपालिका, उद्योग वाणिज्य संघ तथा उपभोक्ता अधिकारवादी संस्थाका प्रतिनिधिले गरेको अनुगमनका क्रममा मासु पसलको अवस्था नाजुग भएको फेला परेको हो ।

उपभोक्ताको भिड लाग्ने र व्यस्त बजारमा गरिएको अनुगमनका क्रममा मूल्य सूची नभएको, फोहोर र झिंगा भन्किएको अवस्थामा माछा, मासु बिक्री भइरहेको भेटिएको बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्नीप्रसाद पाण्डेले बताए ।

टोलीले बजार क्षेत्रमा बढी उपभोत्ता आवत जावत हुने स्थानमा रहेका होटलको पनि अनुगमन गरेको छ ।

होटलमा पनि बासी मासु फ्रिजमा राखेर बिक्री गर्ने गरिएको पाइएको, किचन सफा नभएको भेटिएको छ ।अनुगमनको कार्यविधि बनाएर उपभोक्ताको स्वास्थ्यमा असर पार्ने सामान बिक्रीवितरण गर्नेलाई कारबाही गर्ने बिर्तामोड नगरपालिकाका प्रवक्ता पाण्डेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्