दिउसै रक्सीको मातमा श्रीमती माथि हँसिया प्रहार

दिउसै रक्सीको मातमा श्रीमती माथि हँसिया प्रहार

बैतडी असोज ३० । श्रीमानले रक्सी सेवन गरेर हँसिया प्रहार गर्दा बैतडीको पञ्चेश्वरकी एक महिला घाइते भएकी छिन् ।

पञ्चेश्वर गाउँपालिका- ४ बर्तोली चौडेलीकी २७ वर्षीया ईन्द्रा चन्द श्रीमानकाे प्रहारबाट घाइते भएकी हुन् । उनका श्रीमान सुरेन्द्र चन्दले सोमबार दिउँसै रक्सी सेवन गरी श्रीमती ईन्द्रामाथि हँसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ ।

जिप्रकाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार श्रीमानको हँसिया प्रहारबाट ईन्द्राको कम्मरमा गहिराे चोट लागेको छ। घाइते श्रीमतीकाे हाल स्थानीय सैलोडा स्वास्थ्य-चौकीमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्